स्वर सम्राट नारायण गोपालको सम्झनामा गायक सुगमको ‘श्रद्धेय नारायणगोपाल’ गीत सार्वजनिक

काठमाडौं । नेपाली संगीतका परिचित गायक सुगम पोखरेलले स्वर सम्राट नारायण गोपाल को सम्झनामा ‘श्रद्धेय नारायणगोपाल’ बोलको गीत सार्बजनिक गरेका छन् ।  पछिल्लो समय केहि फरक किसिमका गीत संगीत सार्बजनिक गरिरहेका सुगमले  नेपाली संगीतका श्रष्टामाथि पहिलो पल्ट गीत तयार पारेका हुन् ।  संगीतमै आबद्द  भएको नाताले पनि आफु भन्दा अग्रज गायक तथा संगीतकारहरु प्रति समर्पित भएर गीत बनाउन पाएकोमा सुगमले खुशी ब्यक्त गरेका छन्।   

गीतमा शब्द संगीत सुगम आफैले दिएका छन् भने  संगीत संयोजन मनोज कुमार के सीको रहेको छ । मन्दिप बखुंचे र मिलन तामाङले खिचेको  गीतको भिडियोलाइ मनोज सापकोटाले सम्पादन गरेका छन् भने निर्देशन सुगमसंगै मनोज  सापकोटाले गरेका हुन्। नजिकिदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको अवसर पारेर उनले गीतको भिडियोसंगै स्वरसम्राट नारायण गोपालको छोटो चिनारी भिडियो पनि राखेका छन् । गीतलाई सुगमको आफ्नै युटुब मार्फत सार्बजनिक गरेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर