नेहा कक्कडदेखि काजल अग्रवालसम्म कोरोना महामारीबीच यी बलिउड कलाकारले गरे बिवाह 

मुम्बई । कोरोना महामारीको कारण विश्व नै आक्रन्त बनेको छ । यस्तो अवस्थामा कलाकारहरुबीच प्रेमको भावना पलाएको छ । बलिउडका केही कलाकारले कोरोना महामारीबीत पनि सतर्कता अपनाएर बिवाह गरेका छन् । जसमा केही कलाकारको भव्य समारोह भयो भने केहीको सामान्य समारोह । 

प्रियांशु पैन्याली–बन्दना जोशी
फिल्म मिर्जापुर २ मा रोबिनको भूमिका निभाएका कलाकार प्रियांशु पैनयालीले आफ्नो प्रेमीका बन्दना जोशीसँग नोभेम्बर २७ मा बिवाह गरेका छन् । यी दुईले यो वर्षको सुरुवातमा बिवाहको तयारी गरेका थिए । तर कोरोना महामारीको कारण जारी लकडाउनको कारण बिवाह रोकिएको थियो । उनीहरुको बिवाहमा नजिकका केही साथी र आफन्त मात्र सहभागी भएका थिए । 

शहिर शेख–रुचिका कपुर
कलाकार शहिर खानले २८ नोभेम्बरमा आफ्नो प्रेमीका रुचिका कपुरसँग बिवाह गरेका छन् । दुबै जनाले कोट क्यारिज गरेका हुन् । उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल  छ । काट म्यारिज पछि शहिर जम्मु गएका छन् ।जहाँ बिवाहको भव्य तयारी भइरहेको छ । कोट म्यारिजपछि उनीहरुले सन् २०२१ मा बिवाह समारोह गर्ने छन् । 

सना खान–मफ्ती असद सईद
धर्मको लागि अभिनय यात्रालाई त्याग्दै कलाकार सना खानले नोभेम्बर २० मा बिवाह गरेकी छन् । उनको बिवाह निकै चर्चाको विषय बनेको थियो । उनले गुजरातका मुफ्ती व्यापारी असद सईदसँग बिवाह गरेकी हुन् । उनीहरुको बिवाह सम्पन्नपछि मात्र तस्बिर र बिवाहका कुरा सार्वजनिक भएको थियो । दुबै जनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

नेहा कक्कड–रोहन प्रित
भारतीय चर्चित गायिका नेहा कक्कडले अक्टोबर २४ मा राइजिङ स्टार रोहनप्रितसँग बिवाह गरेकी हुन् । बिवाहको केही समय अ गाडी दुई जना अभिनित गीत सार्वजनिक भएको थियो । कोरोना महामारीबीत भएको बिवाह निकै धुमधामसाग सम्पन्न भएको थियो ।  बिवाहपछि उनीहरु हनिमुनको लागि दुबई गएका थिए । 

काजल अग्रवाल–गौतम किचलु
अभिनेत्री कागल अग्रवालले ६ अक्टुबरमा बिवाहको खबर सार्वजनिक गरेकी थिइन् । उनले अक्टोबर ३० मा गौतम किचलुसँग बिवाह गरेकी हुन् । उनी एक इन्टिरियल डिजाइनर हुन् । उक्त बिवाहमा नजिकका केही आफ्न्त मात्र सहभागी भएका थिए । बिवाहको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । 

ताहेर शब्बीर–अक्षिता गान्धी
कलाकार ताहेर शब्बीरले अक्टोबर ६ मा आफ्नो प्रेमीका  अक्षिता गान्धीसाग बिवाह गरेका हुन् । उनीहरु एक अर्कालाई लामो समयदेखि डेट गरिरहेका थिए । उनीहरुले सामाजिक सञ्जालमा तस्बिर सेयर गरेपछि मात्र बिवाहको खबर सार्वजनिक भएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर