• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अर्थमन्त्रीको संसद विकास कोषको रकम स्वास्थ्यमा

बुटवल । अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले संसद विकास कोषको रकम यो वर्ष सबै स्वास्थ्य क्षेत्रमा लगाएका छन् । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम ( सन्चालन कार्यबिधि ) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको थियो । सो बैठकले  योजना र कार्यक्रमहरु ( सबै स्वास्थ्य क्षेत्रका) छनौट गरेको छ  । 

जसमा तिलोत्तमाको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रममा. १ करोड , सैनामैना स्थीत पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रममा १ करोड बजेट छुट्टाइएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसंगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा डायग्नोसिस सेन्टर स्थापना तथा सन्चालन गर्न ५० लाख र बुटवल उपमहानगरपालिका वडा नं. १२ मा शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रममा १ करोड ५० लाख छुट्टाइएको छ । अर्थमन्त्री पौडेलले गत वर्ष संसद विकास कोषको सबै रकम शिक्षा क्षेत्रमा लगानी गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर