• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

५ बर्षको अवधिमा ८० प्रतिशत निजी आवासहरु निर्माण सम्पन्न

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ बर्षको अवधिमा ८० प्रतिशत निजी आवासहरु निर्माण भएको जनाएको छ । 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिनासकारी भूकम्पले भत्किएका करिव ८ लाख घर मध्ये ८० प्रतिशत निजी आवासहरु निर्माण भएको जानकारी दिए । 
उनले जटिल भौगोलिक अवस्थाका बाबजुत पनि सन्तोषजनक रुपमा निजी आवास निर्माण गर्न सफल भएको बताए । 

ज्ञवालीले भूकम्पले भत्किएका ८ हजार बिद्यालयमध्ये करिव ८० प्रतिशत निर्माण भइसकेको र बाँकी निर्माणका क्रममा रहेको जनाए । 

त्यस्तै ५ बर्षको अवधिमा स्वास्थ्य संस्थाहरु ६० प्रतिशत र सम्पदाहरुको पुननिर्माणको काम ५० प्रतिशत भन्दा बढि सम्पन्न भएको उनको भनाई छ,  ज्ञवालीले यसअवधिमा करिव ८ सय किलोमिटर सडक निर्माण भएको बताए । प्राधिकरणले २०७८ साल बैशाख १२ गते नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी पनि गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर