• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किए

काठमाडौं । एक दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किनएका छन् ।  उनी आइतबार साँझ फकिएका हुन् । नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर रक्षामन्त्री वेई नेपाल आएका हुन् । 

नेपाल भ्रमणका क्रममा वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए । । त्यस लगतै उनी सैनिक मुख्यालय जंगी अड्डामा पगेका थिए ।  सैनिक मुख्यालयमा उनलाई नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गरेको थियो । रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता समेत गरे । 

जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री केपी ओलीसंग शिष्चाटार भेटवार्ता गरे भने त्यसलगतै शितल निवास पुगि राष्ट्रपति बिद्यादेवी भण्डारीसंग शिष्टाचार भेटवार्ता गरेका थिए । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर