• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

जलेश्वर ।  महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही–८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.७ ख. ४७३९ नंको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । 

घटनापश्चात् प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर