• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मेसीको गोल म्यारोडना प्रति समर्पण, बार्सिलोनाको सहज जित

काठमाडौं । स्पोनिस लिगमा बार्सिलोनाले ओसासुना विरुद्ध सहज जित हात पारेको छ । नेपाली समय अनुसार आईतबार साँझ सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई ४ का विरुद्ध ० गोल अन्तरले हरायो । बार्साको जितमा कप्तान मेसी, एन्टोनी ग्रिजम्यान, मार्टिन ब्रेथवेट र कोटिन्होले गोल गरे । 

मेसी र ग्रिजम्यानको गोल निक्कै आकर्षक थियो । क्याम्प नोउमा सम्पन्न खेलमा मेसीले आफ्नो गोल आफ्नो देश अर्जेन्टिनाका सुपरस्टार डियगो म्यारोडनाका नाममा समर्पण गरे । 


ब्रेथवेटको २९ औं मिनेटको गोलबाट अग्रता लिएको बार्साका लागि ४२ औं मिनेटमा ग्रिजम्यान, ५७ औं मिनेटमा कोटिन्हो र ७३औं मिनेटमा मेसीले गोल गरेका हुन् । 

लिगमा खराव सुरुवात गरेको बार्सिलोनाले आईतबारको खेलमा सुधारिएको प्रदर्शन गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर