• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

राष्ट्रपति चुनावमा धाँधलीको कुनै प्रमाण भेटिएनः अमेरिकी न्याय विभाग

एजेन्सी । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे जस्तो नोभेम्बर ३ मा भएको चुनावमा धाँधलीको कुनै प्रमाण नभेटिएको बताएका छन् ।

ट्रम्पले चुनावमा धाँधली भएको भन्दै आरोप लगाइरहेका बेला महान्यायाधिबक्ताको सो भनाई आएको हो । न्याय विभागलाई चुनावमा धाँधली भए नभएको हेर्न निर्देशन दिएको थियो । तर न्याय विभागले चुनाबमा धाँधलीको कुनै प्रमाण भेट्टाउन सकेन । 

'अहिलेसम्मको अबस्थमा हेर्दा चुनाबको नतिजा नै भिन्न पार्ने गरी धाँधली भएको प्रमाण भेट्टाएका छैनौ,' कानून कार्यान्वयन निकायका प्रमुले भनेका छन् । महान्यायाधीवक्ता विलियम बारले कुनै पनि प्रमाण नभेटिएको जानकारीसहितको वक्तव्य जारी गरेपछि मंगलबार ट्रम्पले लगातार ट्वीट गरेर प्रमाण बिना चुनावमा धाँधली भएको पुनः आरोप लगाए ।

राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियानले विभिन्न राज्यमा दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा खारेज भएका छन् वा उनीहरुको विपक्षमा फैसला भएको छ ।

विभिन्न राज्यले नोभेम्बर ३ को चुनावमा राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितलाई औपचारिकता प्रदान गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर