• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सालकको खपटा सहित १ जना पक्राउ

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय ईच्छा कुमार राई रहेका छन् ।  प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

यता सुनसरीको दुहवी नगरपालिका–३ बाट नियन्त्रित लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका–११ का २३ बर्षीय अनिल साहलाई अवैध लागुऔषध १०० एम.एल.को डाईलेक्स डि.सी.२४ वोतल, नाईट्राभेट २९१ ट्यावलेट, नाईट्रोसन १२० ट्यावलेट र स्पास्मोप्रोक्सिभोन १८३ क्याप्सुल सहित पक्राउ गरेको हो । पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर