• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पौडललाई प्रहरीले पक्राउ गरेपछि देउवाको चेतावनी–सरकारको सशक्त विरोधमा उत्रन्छौ

काठमाडौँ । नेपाली कांग्रेसलृ पाटीएका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको भत्सर्ना गरेको छ । पौडेललाई प्रहरीले हिरासमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावादको संकेत भएको बताएका हुन् ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’

देउवाले जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ,‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर