• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बैठकबाट ओली पटक–पटक किन भाग्छन ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक गत कात्तिक २८ बाट असहजताका साथ चलिरहेको छ । सचिवालयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले लिखित प्रतिवेदन पेश गरेका छन् । यद्यपि प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् । उनले प्रस्तावमाथि छलफल नगर्ने अडान लिइरहेका छन् ।

सचिवालय बैठक जारी छ । तर, मूल मुद्दामा सचिवालय संचालन हुन सकेको छैन । मुख्य नेतृत्व नै बैठकमा सहभागी नहुने प्रवृत्ति छ । जब–जब ओली आफू कमजोर अवस्थामा पुग्छन् बैठक बस्न मान्दैनन् । बैठक बसेपछि ओली उपस्थिति हुँदैनन् । लामो समयदेखि जारी नेकपाको अन्र्तविरोधमा ओलीको कार्यशैलीप्रति नेकपाको राजनीति घुमेको छ ।

१७ बैशाखमा बसेको सिचिवालयमा ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठ्यो । सोही सचिवालयबाट ओली प्रष्टै अल्पमतमा परे । राजनीति संम्भावनाको खेल हो भन्ने कुरा उनका लागि सिद्ध भयो । उनले २० बैशाखको बैठकमा राजिनामा दिए पनि उपाध्यक्ष वामदेब गौतमलाई प्रधानमन्त्री बनाउने पासा फ्याँके । त्यो पासाले काम ग¥यो । गौतम नभन्दै उनको क्याम्पमा उभियो । उनी बहुमतमा उक्ले । दुवै पद जोगियो । तर २४ बैशाखको सचिवालयमा गौतमले फेरि उनको क्याम्प छोडेर प्रचण्ड–माधव कुमार नेपाल क्याम्पमा फर्किए ।

ओली पुनः अल्पमतमा परेपछि बैठक छोडेर हिडे । ओली आफू अल्पमतमा हुँदा सकेसम्म बैठक नै नबोलाउने रणनीति अपनाउँछन् । जुन रणनीति उनका लागि अबसरमा परिणत भयो ।

बैशाखदेखि सुरु भएको विवाद अहिलेसम्म जारी छ । तर, ओली हरेक पटक अल्पमतमा हुँदा आफ्ना दुवै पद जोगाउँदै आएका छन् । यो उनको रणनैतिक सफलता मानिदै आएको छ । साउन–भदौमा भएको विवादमा ओली जोगिएका छन् । उनले प्रचण्डलाई कार्यकारी दिने सहमति गरेर आफ्नो पद जोगाएका थिए । 

कात्तिकबाट जारी सचिवालय बैठकमा ओली विरुद्ध बहुमत सदस्यले प्रस्ताव पेश गरे । तर उक्त प्रस्तावमाथि ओली छलफल गर्न तयार छैनन् ।  तर, नेकपाका एक सचिवाल सदस्य भन्छन्– ‘ओली आफैंले बैठक बस्नु प¥यो भनेर लिखित रुपमा माग गर्दा बैठक नबोलाएर जवाफ फर्काउनु भयो । त्यसको जवाफ हामीले दिनु प¥यो । उनले पुनः त्यसको जवाफ फर्काउनु भयो । अब, सबै सवाल जवाफमाथि बहस हुनु  । पर्छ तर उहाँ भागिरहनु भएको छ । जुन राजनीतिक चरित्र होइन ।’

वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा पेश भएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भएकाले छलफल हुनु पर्ने तर्क गर्छन् । तर ओली प्रचण्डको प्रस्ताव राजनीतिक भन्दा आक्रोस, कुण्ठा र निराधार आरोप भएको बताउँदै आएका छन् । 

ओलीले जे कुरा भन्दै आएका छन् त्यो गर्दैै आएका छन् । उनले मंगलबार बसेको बैठकमा यस्तो बैठकको के काम छ ? किन बस्नु प¥यो ? भनेर अन्य सदस्यहरुलाई प्रश्न मात्र गरेनन् । आफू बुधबार बस्ने बैठकमा उपस्थित नहुने भनेर निस्किएका थिए । आलीले मंगलबार भनेका थिए– ‘यदि विभाजनतर्फ जाने हो भने बैठक बस्नुको कुनै औचित्य छै्रन ।’ ओलीको उक्त भनाईलाई प्रचण्डसहित सचिवालय सदस्यहरुले प्रतिवाद गरेका थिए । 

बुधबारको सचिवालयमा ओली आफ्नो अडानमै बसे । १ बजे बस्ने भनिएको सचिवालय बैठक २ बजेलाई सारिएको थियो । १ घन्टा सारिएको सचिवालयमा ओली  आएनन् । उनले आफू व्यस्त रहकाले बैठकमा नआउने जानकारी गराएका थिए । ओली सचिवालयमा नआएपछि अन्य ८ जना सदस्यहरु २० मिनेट बैठक बसेर बालुवाटारबाट बाहिरिएका थिए ।

बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते सचिवालय बस्ने जानकारी गराएका थिए । २० गतेको सचिवालयमा ओलीलाई अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गरेको श्रेष्ठले बताए ।

नेकपाको अन्तिरिम विधानले व्यवस्था नगरेको आफूलाई ‘पहिलो अध्यक्ष’ भन्ने ओली बैठकबाट भागेकोप्रति खनालले व्यङ्ग्य गर्दै भने– ‘उहाँ बैठक बसौँ भन्दा पनि पत्र पठाउनु हुन्छ । बैठक बसिहाले पनि आउँन मान्दैनन् । जुन पार्टी विधान विपरित छ ।’
  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर