झापामा पत्रकारमाथि श्रृंखलाबद्ध आक्रमण, दोषीलाई अबिलम्ब कारवाही गर्न महासंघको माग

झापा ।  पत्रकाहरुमाथि श्रृंखलबद्ध आक्रमण हुन थालेको छ । न्यूज २४ टेलिभिजनका झापा संबाददाता राजु पौडेल, झापाका पत्रकार नारायण अर्याल, माउण्टेन टेलिभिजनका पत्रकार खगेन्द्र घिमिरे र क्यामरापर्सन भाष्कर श्रेष्ठमाथि फरक फरक स्थानमा फरक फरक समयमा आक्रमण भएको छ । 

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ र पत्रकार जन्य संघ संगठनहरुले भत्र्सना गरेका छन् । अनुसन्धान अनलाइन टिभीका सम्पादक तथा माउण्टेन टेलिभिजनका संबाददाता खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमकमा मंगलबार  र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुरव्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

मंगलबार अपरान्ह लगभग ४ बजे मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी ईन्द्र राजवंशीलाई दश हजार रुपैया घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगि पत्रकार घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुलहुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेको घटनाको नेपाल पत्रकार महासंघ झापा शाखा लगायतका संघ संगठन घोर निन्दा र भत्र्सना गरेको हो । 

यस बिषयलाई लिएर आज दमकस्थित ईलाका प्रही कार्यालय र पत्रकार मञ्च दमकमा बिभिन्न चणमा छलफल समेत भएको थियो । 
यसैगरी गत मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी शुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको पचास हजार पैय घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गर्ने र क्यामेरा खोस्ने जस्ता हर्कत भएको थियो । 

महासंघद्वरा जारी बिज्ञप्तीमा यि सबै घटनामा संलग्नलाई अबिलम्ब कारबाही गर्न माग गरिएको छ । प्रशासनले यि घटनालाई गम्भिर रुपमा नलिए र दोशीलाई कार्बाहीको दायरामा नल्याए महासंघ कडा आन्दोलनमा उत्रने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर