• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कांग्रेसका वरिष्ठ नेता पौडेल रिहा

तनहुँ । पुलको उद्घाटनको विवादका क्रममा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँ प्रहरीका अनुसार पौडेलसहित पक्राउ परेका कांग्रेस कार्यकर्ता सबै रिहा भएका हुन् ।
बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।  पौडेलको रिहाईको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर