• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रामेछापको मन्थलीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

तस्विर-समाचारदैनिक

रामेछाप । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरोधमा कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन । 

पौडेलको पक्राउको बिरोध गर्दै नेविसंघ रामेछापले सदरमुकाम मन्थलीस्थीत देवकोटाचोकमा प्रधानमन्त्रीको पुत्दा दहन गरेका हुन् । पुत्ला दहनका साथै विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले आफ्ना नेताको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका थिए । 

उनीहरुले आफ्ना नेताको पक्राउ नियोजित, राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको चर्को विरोध गरेका थिए । 

पुत्ला दहन पछि नेविसंघ रामेछापका क्षेत्रिय सभापति उत्तम कुमार कार्कीले सरकारको शैली अधिनायकवाद भएकाले आम जनता सजक हुनुपर्ने बताए । उनले भने, 'यसअघि कांग्रेसलाई जिस्काउदा राणा शासन र राजतन्त्र अन्त्य भएको छ, अव पनि कांग्रेसलाई जिस्काउन खोजे कम्युनिष्ट सरकार पतन हुनेछ । '

उनले बरिष्ठ नेता पौडेललाई पक्राउ गर्ने प्रशासनले सार्वजनिक रुपमा माफि माग्नुपर्ने भन्दै माफि नमागे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

सडक उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो । पौडेल रिहा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर