• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उद्घाटनको प्रतीक्षामा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

झापा । तनहुँमा बनेको स्थानीय पुल उद्घाटन गर्न सरकारले निषेधाज्ञा मात्र जारी गरेन, प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुव्र्यवहार गर्दै प्रहरी नियन्त्रणमा पनि लियो । स्थानीय पुलको उद्घाटनका लागि प्रतिपक्षीलाई निषेध गर्ने सरकारका प्रधानमन्त्री केपी ओलीको आफ्नै जिल्लामा र आफ्नै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि पुल अलपत्र छन् । 

पूर्व–पश्चिम हुलाकी राजमार्गको ४८ किलोमिटर खण्ड झापामा पर्छ जहाँ आठ पुल अलपत्र छन् । यी पुल निर्माण सुरु भएको एक दशक नाघिसकेको छ । जसका कारण जनता बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । डुंगामा यात्रा गरेबापत दुई सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ, हिउँदमा पनि काठको पुल तर्दा जनताबाट रकम उठाउने गरिएको छ । 

हुलाकी राजमार्गमा पर्ने माई, रतुवा र बिरिङजस्ता ठूला नदीमा बाँसको पुल छ । जहाँ जनताले हिँडेरै पुल तरेको मात्र २० रुपैयाँ तिर्छन् । साइकलको ३० रुपैयाँ रेट छ भने मोटरसाइकलको ५० रुपैयाँ । 
ओलीकै निर्वाचन क्षेत्रअन्तर्गत गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल १३ वर्षदेखि अलपत्र छ । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४÷६५ मा कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि अधुरो पुल बनाएर हिँडेको छ । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर