वर्ल्डलिंक कम्युनिकेशन्सले बाँड्यो न्यानो कपडा 

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मी नारायणहरुलाई न्यायो कपडा बाँडेको छ । बिहीबार भक्तपुरस्थित मानवसेवा आश्रममा पुगेर कम्पनीका निर्देशकद्वय मनोज अग्रवाल र विजय जालानले करिव ११ लाख मूल्य बराबरको न्यानो कपडा वितरण गरेका हुन् । 

कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार पारिएको हो । 

हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै मानवसेवा आश्रम भक्तपुर शाखाको समुद्घाटन समयको सुरुवाती सम्पूर्ण खर्च (रु दश लाख) समेत उपलब्ध गराएको थियो । 

विगत २५ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दैआएको वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो । यसले नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ । त्यस्तै मुलुकका १० हजार स्थानमा पब्लिक वाईफाई विस्तार गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर