• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

तपाईंको आज : मंसिर २० गते शनिबार विशेष राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । प्रेम तथा मित्रताको बन्धन कसिलै होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर