• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चीनले चन्द्रमामा फहरायो आफ्नो राष्ट्रिय झण्डा

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो ।

वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्ष एजेन्सीले सार्वजनिक गरेको हो ।

च्याङ्ग’इ–५ अन्तरिक्षा यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुंगा लिएर सो यान बिहीबार बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर