• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारत किसान आन्दोलन : प्रधानमन्त्रीसँग वार्ताअघि भारत बन्दको घोषणा

एजेन्सी । भारतमा किसान आन्दोलन चर्किदै गएको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन् ।

यसैबीच किसानहरुले आगामी डिसेम्बर ८ अर्थात् मंसिर २३ गते भारत बन्दको घोषणा गरेका छन् । उनीहरु १० दिनदेखि कृषि कानुनको विरोधमा सडक आन्दोलनमा छन् ।

केन्द्र सरकार र किसानबीच शनिबारका लागि वार्ता तय भएपनि सरकारप्रति किसानहरुको विश्वास देखिएको छैन । त्यसैको परिणाम वार्ताको पूर्वसन्ध्यामा उनीहरुले भारत बन्दसहितका आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

केन्द्रीय राजधानी दिल्ली प्रवेश गर्ने थप सडकहरु बन्द गर्ने चेतावनी दिँदै उनीहरुले समयमै माग पूरा नगरे खराब परिणामका लागि तयार रहन सरकारलाई चेतावनी दिएका छन् ।

भारतीय किसानको आन्दोलनलाई देशभरबाट समर्थन भइरहेको छ । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनमा समर्थन जनाउँदै केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानको साथमा रहेको बताउनुभएको हो ।

यसैबीच लेखकहरु, प्रतिष्ठित व्यक्तिहरुले पनि किसानको आन्दोलनको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा गरेका छन् । यसबाट सरकारमाथि नैतिक दबाब बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर