• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पूर्वराष्ट्रपति ओबामा र बास्केटबल सुपरस्टार जोर्डनको बास्केटबल गन्जी ऐतिहासिक मूल्यमा बिक्री

एजेन्सी । अमेरिकाको लस एञ्जल्समा शुक्रबार चलेको एक लिलामीमा दुई वटा बास्केटबल गन्जीहरु सर्वाधिक महंगो मूल्यमा बिक्री भएका छन्, जसमा अमेरिकी राष्ट्रिय बास्केटबल एशोसिएशनका पूर्वखेलाडी माइकल र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको बास्केटलबल गन्जी हुन् । 

२३ नम्बरको जोर्डनको गन्जी ३२० हजार अमेरिकी डलरमा बिक्रि भएको छ, जोर्डनले यो भेस्ट सन् १९८४ मा सिकागो बुल्सका लागि हस्ताक्षरका क्रममा लगाएका थिए । 

त्यसैगरी, पूर्वराष्ट्रपति ओबामाको गन्जी १९२ हजार अमेरिकी डलरमा बिक्रि भएको छ, यो उनको पुनाहउ स्कूल टिमको भेस्ट रहेको थियो, कुनै पनि हाई–स्कूलको खेलकुदको टि–सर्ट(गन्जी) यति महंगो मूल्यमा लिलामी हुनु एक नयाँ रेकर्ड बनेको बिबीसीले जनाएको छ । 

गत वर्ष मात्रै ओबामाको हाई स्कूलकै एक अर्को गन्जी १२० हजार डलरमा लिलामी भएको थियो । खेलकुदप्रति ओबामाको लगाव जिवनभरी नै रहेको छ । उनले आफ्नो नयाँ संस्मरण ‘अ प्रोमिज्ड ल्याण्ड’मा ओबामाले आफ्नी छोरी साशाको एक विपक्षी बास्केटबल टिमका बुबा–आमाले उनीहरुलाई एक अस्विकार्य फाइदा दिइरहेको आरोप छोरीको टिमलाई लगाएपछि आफूले बास्केटबल प्रशिक्षण गर्न छोडेको बताएका छन् । 

माइकल जोर्डन एथलेटका पहिलो अर्बपति खेलाडी हुन् । सन् १९९० मा ६ वटा राष्ट्रिय बास्केटबल च्याम्पियन जिेतपछि उनी सिकागो बुल्स टिमका केन्द्र बने । गत वर्षको सुरुवातमा रिलिज भएको यस टिमको जीतको कहानीमा आधारित एक डकुमेन्ट्री सेरिज ‘द लास्ट डान्स’ नेटफ्लिक्समा हिट भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर