• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री पनि सहभागि 

काठमाडौं । नेकपा सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा केही बेर अघि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री ओलीसहित सवै सचिवालय सदस्य सहभागि भएका छन् । 

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री अनुपश्थित भएका थिए । 

बैठक बस्नुअघि आजै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टै छलफल गरेका थिए । 

छलफलका लागि बालुवाटारमा अध्यक्ष प्रचण्ड निर्धारिचत समय भन्दा आधा घण्टा अघि नै पुगेका थिए । 

नेकपा भित्रको बहसमा अध्यक्ष प्रचण्डसहितको बहुमत पक्ष प्रधानमन्त्री ओलीले दुई मध्य एक पदबाट राजिनामा दिनुपर्ने अडानमा छ भने ओलीले त्सलाई स्वीकार गरेका छ्रैनन् । दुई अध्यक्षबीचको चर्को लिखित आरोप प्रत्यारोपले नेकपा तरंगित भईरहेको छ ।

केही समय यता प्रचण्ड ओलीबीच ठप्प रहेको सम्वादलाई सुचारु गराउन ओली निकटका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र ईश्वर पोखरेल सक्रिय थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर