• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

माइतिघरमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुर्नस्थापनाको लाग्यो नारा [फोटोफिचर]

काठमाडौं । राजतन्त्र पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् । 
‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुर्नस्थापनाको माग सहित नारा लगाएका थिए । 
पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । 
प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर,  मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए ।  
माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो । समितिले आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने पनि जनाएका छन् । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर