• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रधानमन्त्री ओलीको गृह जिल्लामा राप्रपाको शक्ति प्रदर्शन

झापा  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बिशाल जनप्रदर्शन गरेको छ । 
राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । 

झापाको काँकरभिट्टाबाट बिर्तामोडसम्म १० औं हजारको सहभागीतामा राप्रपा नेपालले राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै प्रर्दशन गरेको छ । 

पूर्वी नाका काकडभिट्टाबाट सुरु भएको र्याली बिर्तामोडमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई संबोधन गर्दै राप्रपाका पूर्व महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङदेनले राजसंस्था अहिले अपरिहार्य भएको बताए । उनले संघीयता खारेजीको माग समेत गरे ।  
राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टको सभापतित्वमा भएको र्यालीको उद्घाटन पार्टीका पूर्व महामन्त्री तथा राप्रपा सांसद् राजेन्द्र लिङ्देन् राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्ति सिटौला लगायतका केन्द्रीय र जिल्ला तहका नेताहरुले संयुक्त रुपमा गरेको पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य लक्ष्मी प्रसाद संग्रौलाले जानकारी दिए । 

२४० वर्ष लामो राजतन्त्र नेपालबाट हटेको १२ वर्षपछि देशभरनै राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन गरिदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर