मृत्युको मुखबाट फर्केका कलाकार : हेमा मालिनीदेखि  अमिताभसम्म दुर्घटना र गम्भीर रोगको सिकार !

मुम्बई । सन् १९९० को म्युजिकली हिट फिल्म ‘आशिकी’ का अभिनेता पछिल्लो दुई दिनदेखि मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका छन् । ५२ वर्षका राहुल राय ‘कारगिल’ मा गलवान भ्यालीमा बेस्ट फिल्म ‘एलएसी’ सुटिङ गरिरहेका थिए । 

यही क्रममा उनलाई ब्रेन स्टोक आयो । जसको कारण उनलाई तत्कालै श्रीनगरको अस्पतालमा भर्ना गरियो । त्यहाँ उपचार असम्भव भएपछि मुम्बईको नानावटी अस्पताल भर्ना गरियो । अहिले राहुलको स्वास्थ्य अवस्था खतराबाट बाहिर छ । राहुल यस घटना भन्दा अगाडी पनि अन्य दुर्घटनाबाट बाचेर फर्केका छन् । 

संजय दत्त : अगस्ट ११ मा अभिनेता संजय दत्तलाई क्यान्सर भएको खबर सार्वजनिक भएको थियो । संजयले मुम्बईमै आफ्नो उपचार गरिरहेका थिए । यस बीचमा उनले कामबाट ब्रेक लिएनन । सेप्टेम्भर ७ मा उनले विरामी भएर पनि रणवीर कपुर स्टार फिलमको सुटिङ गरेका थिए । अक्टोबरमा उनी क्यान्सर मुक्त भएको खबर सार्वजनिक भएको थियो । 

हेमा मालिनी : सन् २०१५ मा अभिनेत्री हेमा मालिनी कार दुर्घटनामा परेकी थिइन् ।  उक्त घटनामा उनको अनुहारको केही भाग बिग्रेको थियो । जुन चोट निकाे हुन निकै समय लागेको थियो । उनको गाडीको धेरै भाग नष्ट भएको थियो । केही दिनसम उनलाई आइसीयूमा राख्नु परेको थियो । लामो समयको अस्पताल बसाइपछि मृत्युलाई जितेर उनी घर फर्केकी थिइन् । 

जायरा वसीन : फिल्म दंगलकी अभिनेत्री जायर वसीनको सन् २०१७ जुनमा भए भयानक दुर्घटना भएको थियो । उनी साथीसँग घुम्न जाँदै थिइन् । त्यही क्रममा चालकले गाडी कन्ट्रोल गर्न नसक्दा दुर्घटना भएको थियो ।  नजिकका केही मानिसहरले गर्दा उनीहरको ज्यान बचेको थियो । 

अमिताभ बच्चन :अमिताभ बच्चन सन् १९८३ मा रिलिज भएको  फिल्म ‘कुल्ली’को सेटमा गम्भीर रुपमा घाइते भएका थिए । सन् १९८२ मा बेंगलोरमा फिल्मको सुटिङको क्रममा उनको पेटमा गहिरो चोट लागेको थियो । त्यो समयमा उनको मृत्युको झुठा समाचारहरु पनि सार्वजनिक भएका थिए । उनको एक ल्यक्रिया गर्नु परेको थियो । उनी करिब ३ महिना अस्पताल भर्ना भएका थिए ।

ऋतिक रोशन : सन् २०१३ मा फिलम बैंग–बैंगको सुटिङको क्रममा ऋतिकलाई गहिरो चोट लागेको थियो । उनको ब्रेनमा लागेको चोटको कारण सल्यक्रिया गर्नु परेको थियो । लामो समयसम्म अस्पताल बसेपछि उनी ठिक भएका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर