• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपा विवादः ओलीले भने दुवै पद छोड्दिन, स्थायी कमिटी बैठक किन चाहियो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले दुवै पद नछोड्ने बताएका छन् । 

आज बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले आफूले महाधिवेशन र निर्वाचन भन्दा पहिला कुनै पनि पद नछोड्ने बताएका छन् । ओलीको भनाइ उद्धृृत गर्दै एक सचिवालय सदस्यले भने- "आजको बैठकमा अध्यक्षा तथा प्रधानमन्त्री केपी ओलीले आफू दुवै पद नछोड्ने कुरा राख्नु भयो । मलाई हटाउन चाहनु भएको हो भने त्यो कुरा मान्य हुँँदैन । स्थायी कमिटी बैठकको पनि काम छैन । स्थायी कमिटी बैठक किन बस्नु प¥र्यो ? भन्नु भयाे ।’

आज बैठक सुरु हुनु पहिलेे दुवै अध्यक्षबीच करिब आधा घण्टा वान टु वान वार्ता भएको थियो । वार्तामा कुरा नमिलेको स्रोतले बतायाे । उनले भने ‘वान टु वानमा पनि केही सहति हुन सकेन । तर २६ दिन पछि दुवै अध्यक्षबीच सम्वाद भएको छ ।'

ओलीले भोलीलाई बोलाएको स्थायी कमिटीको बैठक रोक्नु पर्ने माग राखेका थिए । उनले तयारी नपुगेको, ठाेस प्रस्ताव नभएको र कार्यसूची नबनेकाले भोलीको बैठक रोकौं भनेको स्रोतले बतायाे ।

उनले स्थायी कमिटी रोक्नु पर्ने धारणा राखे पनि बुहमत सचिवालय सदस्यले  आइतबार बााेलाएको बैठक नरोक्ने धारणा राखेका थिए । 

सचिवालयमा पेश भएका दुवै प्रस्तावलाई स्थायी कमिटीमा लगेर छलफल गर्ने तयारी भएको सचिवालय सदस्य झलनाथ खनालले बताए । उनले भने- ‘ओलीले त बैठकको आवश्यकता छैनन्् भन्नु भएको थियो । हामी सबैले दुईवटै प्रस्ताव स्थायी कमिटीमा लगेर बहस छलफल गर्नु पर्छ । बैठकबाट जे निर्णय हुन्छ त्यही सबैले मान्नु पर्ने हुन्छ भन्याैं ।’ 

भोलीको स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । तर ओली बैठकमा जाने नजाने भने टुङ्गो लागेकाे छैन । बुधबार धुम्बाराहीमा बस्ने भनिएकाे सचिवालय बैठकमा ओली सुरुक्षाको कारण देखाएर जान नमानेपछि बैठक बालुवाटारमैै बसेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर