• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सचिवालय बैठकः वामदेबले भने कार्यदलको नेतृत्व गर्दिन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेब गौतमले पार्टीको विवाद समाधान गर्न कार्यदलको नेतृत्व गर्न अस्विकार गरेका छन् । 


आज बलुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीभित्र जारी विवाद हल गर्न कार्यदल बनाउने प्रस्ताव रामबहादुर थापाले राखेका थिए । उक्त प्रस्तावको समर्थक महासचिव विष्णु पौडेल बनेका थिए । थापाको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक रहेको एक सचिवालय सदस्यले बताए ।

उनले भने ‘बादलले राखेको प्रस्तावमा महासचिव र प्रधानमन्त्री सकारात्म हुनुहुन्थ्यो । अझ प्रधानमन्त्रीले उपाध्यक्ष वामदेब गौतमलाई कार्यदलको नेतृत्व गर्न प्रस्ताव गरे । तर गौतमले ठाडै अस्वीकार गरेपछि त्यो त्यत्ततिकै सकियो ।’


नेकपाको आज बसेको सचिवालय बैठकमा भोलीलाई बोलाइएको स्थायी कमिटी बैठक बस्ने कि नबस्नेबीचमा नै लामो बिबाद भएको ती सदस्यले बताए । उनले भने- ‘बैठकमा सबै भन्दा लामो समय त भोलीलाई बोलाएको स्थायी किमिटी  बैठक बस्ने कि नबस्ने बारेमा छलफल भयो ।’


बैठकमा ओली स्थायी कमिटी बैठक बोलाउन नचाहने तर बहुमत सदस्यहरु स्थायी कमिटी बैठकको पक्षमा देखिएपछि विवाद भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर