बिहेपछि श्वेता लेख्छिन्–‘मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ’

काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छन् । उनले स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् । उनले सोमवार धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो ।

उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजालहरुमा पोस्ट गरिएका छन् । श्वेताले आफ्नो विवाहमा संचारमाध्यमहरुलाई भने निमन्त्रणा दिईनन् । नजिकका नातेदारहरु तथा साथीभाईहरुलाई मात्र उनले निम्त्याएको बुझिएको छ ।

सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।

व्यापारिक घरनाका विजयन्द्र र अभिनेत्री, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतिमा उनीहरूले विवाह गरेका हुन् ।

बिवाह पछि स्वेताले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन्, ‘अनत्वगोत्वा ः मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । ‘

मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।

उनले थप लेख्दै भनेकी छन्, शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पु¥याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु ।

उनले अघि लेखेकी छन्, आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म लागी पर्नेछु । अत ः मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझाव का साथै शुभ आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर