बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ कालिदह बस्ने २४ वर्षिय मुकेश चाँइको श्रीमती २३ वर्षिया सम्झना चाँइको मृत्युबारे अनुसन्धान थालेको हो ।
आफ्नै घरको कोठामा अचानक करेन्ट लागि आगलागी भई मृत्यु भएको भनि आज विहान करिब पौने ९ बजे प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी घट्ना स्थल पुगेको थियो ।
ईप्रका लुम्बिनी बाट प्रहरी खटिइ गई हेर्दा लाश पलङमा जलेको अवस्थामा रहेको, दराज भित्रको कपडा, सुत्ने ओछ्यान लगायतका बस्तुहरू जलेको फेला परेको जिप्रकाले जनाएको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।
चितवन । चितवनको रत्ननगरमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको
सिरहा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
प्रतिकृया दिनुहोस