• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘वसन्त विप्लव’को दश बर्ष : विनाशले विकासको लागि बाटो खोल्दैछ

श्रम सित जोडिएको जीवनोपयोगी शिक्षा नागरिकहरुको बृत्ति विकासको लागि जति आवश्यक छ, त्यसभन्दा बढी त्यो, समाज र राज्यको स्थायित्व र समृद्धिको लागि आवश्यक छ । सार्थक शिक्षाको अभावमा जिम्मेवार नागरिकहरु तयार हुन्नन्, र जिम्मेवार नागरिकहरुको उपस्थिति न्यून भएको समाज र राज्यमा अराजकताको राज कायम हुन जान्छ ।

परिणामस्वरुप सामाजिक असन्तोषले आक्रोशलाई, र त्यो आक्रोशले सामाजिक उथलपुथल, आर्थिक संकट र राजनैतिक दावानलका लागि एकसाथ बाटो बनाउने काम गरिदिन्छ । अनि, मानव सभ्यताको विकासक्रममा देखिएको एउटा सार्वभौम सत्य––विध्वंशले अक्सर विकासको लागि ढोका खोलिदिने काम पनि गरिदिँदो रहेछ । दश बर्षअघि अरब संसारमा उर्लेको ‘वसन्त विप्लव’ले यही तथ्यलाई पुष्टि गर्दैछ ।

वसन्त विप्लव’ले शिखर छोएपछि विभिन्न अध्ययनहरु भए । तिनबाट पत्ता लाग्यो, अरब संसारमा पैसाको छेलोखेलो त छँदैछ, तर सबैतिर पहुँच भने मुठ्ठीभर व्यक्तिहरुकै मात्र रहेछ । शिक्षामा प्रशस्तै पैसा खन्याइएको छ, तर शिक्षालाई श्रमसितभन्दा पनि धर्मसित बढी जोडिएको रहेछ ।

राज्यको अचाक्ली, सामाजिक असुरक्षा र चरम आर्थिक अभावबाट विरक्तिएर ट्युनिशियाका एकजना २७ बर्षे ठेलागाडा चालक मुहमद बौआजिजीले सन् २०१० डिसेम्बर १७ का दिन आत्मदाह गरे । निरक्षर र निरीह थियो त्यो सामान्य तरकारी व्यापारी, तर उसको अन्तर्रात्मामा दन्केको क्रोधाग्निको राप यति चर्को ठहरियो कि त्यसले हेर्दाहेर्दै ट्युनिशियाली राष्ट्रपतिलाई विदेश लखेट्यो, यमनका राष्ट्रपतिलाई पदबाट गलहत्यायो, ईजिप्टका राष्ट्रपतिलाई जेल पु¥यायो, लिबियाली तानाशाहको ज्यान लियो, बहराइनको सत्तालाई हल्लायो, कतारका शासकलाई छोरालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बनायो, साउदी शासकहरुको निन्द्रा भगायो । र अहिलेसम्म पनि त्यही आगोले सिरियालाई पोल्दैछ ।


‘वसन्त विप्लव’ले शिखर छोएपछि विभिन्न अध्ययनहरु भए । तिनबाट पत्ता लाग्यो, अरब संसारमा पैसाको छेलोखेलो त छँदैछ, तर सबैतिर पहुँच भने मुठ्ठीभर व्यक्तिहरुकै मात्र रहेछ । शिक्षामा प्रशस्तै पैसा खन्याइएको छ, तर शिक्षालाई श्रमसितभन्दा पनि धर्मसित बढी जोडिएको रहेछ । फलस्वरुप धर्मनिर्देशित शिक्षाले शासकहरुको राजनैतिक अभिष्ट त धेरै हदसम्म पूर्ति ग¥यो, तर त्यसले विद्यार्थीलाई प्रमाणपत्रको एउटा कागजी मुठ्ठोभन्दा बाहेक अरु थोक केही दिनै सकेन ।
यस परिप्रेक्षमा साउदी अरब एउटा राम्रो उदाहरण बन्न सक्छ ।

त्यहाँ साक्षरता दर सन् १९६० मा १०५ थियो, त्यो अहिले बढेर ८७५ र विद्यालय स्तरका बालबालिकामा त अझ बढेर ९९५ पुगेको छ । तेलधनी त्यो मुसलमान देशले विद्यालय शिक्षामा पश्चिमाहरुलेभन्दा बढी लगानी गर्दैछ, तैपनि शिक्षाको गुणस्तर देख्दा धेरैको आँखीभौँ तन्किन्छ । गणितको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय मापदण्ड ‘Trends in International Mathematics & Science Study (TIMSS)’ अन्तर्गत १३ बर्षे साउदी विद्यार्थीहरुलाई जाँच्दा झण्डै आधा विद्यार्थीहरु नराम्रोसँग अनुतीर्ण भए । ‘उच्च अङ्क’ लिई उतीर्ण हुनेहरु मुश्किलले एक प्रतिशत थिए ।

अध्ययनबाट निष्कर्ष निस्क्यो, लगानी अनुरुप गुणस्तरमा ध्यान दिइएन र मेधावी छात्रहरुले पाइलापाइलामा दुरुत्साहन ब्यहोर्नु पर्दो रहेछ, शायद हामीकहाँ जस्तै नै । ‘चेतनाशून्य शिक्षा’भन्दा बाहिर गयो भने जहानियाँ शासनमा विराम लाग्ला भनेर एकोहोरो सुन्नी शिक्षामा जोड् दिइरहेको त्यहाँको शिक्षापद्दति अथाह लगानीका बावजुद पनि समय र संसार सुहाउँदो हुन सकेन ।

परम्परागत सामन्ति जहानियाँ राजतन्त्र तथा दशकौंदेखि सैनिक तानाशाही रहेका देशहरुमा पनि ‘साउदी फोटोकपी’ नै देखियो । कतार संसारमा सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देश हो, तर TIMSS परीक्षामा त्यहाँका विद्यार्थीहरु गरिब अल्बानियाली परीक्षार्थीहरुभन्दा पनि पछाडि परे ।

धार्मिक संकीर्णताले गर्दा सक्रिय श्रममा महिलाहरुको सहभागिता न्यून बनाइएकै कारण आज अरब देशहरुमा युवा बेराजगारहरुको संख्या संसारको औसतभन्दा दोब्बर छ । ‘शिक्षा, रोजगारी र तालिम पनि नलिएका’ १५–२४ बर्षे युवाहरुको जमात हेर्ने हो भने झनै कहालीलाग्दो दृश्य सामुन्ने आउँछ ।

अर्को उदेकलाग्दो तथ्य पनि जगजाहेर भयो । अरु देशको तुलनामा अरब देशहरुमा छात्रभन्दा छात्राहरु बढी मेधावी देखिए । अत्यधिक पुरुषप्रधान ती देशमा बाबुआमा, समाज र राज्यको पुल्पुल्याइमा हुर्केबढेका छात्रहरु बढी अल्छी र ऐयाश पाइए । उच्च शिक्षा दिइने विश्वविद्यालयका कक्षाहरुमा संख्याको हिसाबले पनि छात्राहरु नै अगाडि देखा परे । तर विडम्बना कस्तो, उत्पादनमुखी कामहरुमा महिला सहभागिता भने उत्साहजनक पाइएन ।

महिलाहरुले मताधिकार पाउने बिषयमा त अहिले भर्खर माथापच्चिसी हुँदै गरेका ती देशमा आयमूलक काममा तिनीहरुलाई पछाडि पारिएकै कारण आज अरबी समाज ‘पेट्रो–डलर’ बाहेक अरु हरेक क्षेत्रमा पछाडि नै छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कले भन्छ, निम्न स्तरको काममा अरबी महिलाहरुको संलग्नता संसारमै उच्च छ ।

धार्मिक संकीर्णताले गर्दा सक्रिय श्रममा महिलाहरुको सहभागिता न्यून बनाइएकै कारण आज अरब देशहरुमा युवा बेराजगारहरुको संख्या संसारको औसतभन्दा दोब्बर छ । ‘शिक्षा, रोजगारी र तालिम पनि नलिएका’ १५–२४ बर्षे युवाहरुको जमात हेर्ने हो भने झनै कहालीलाग्दो दृश्य सामुन्ने आउँछ ।

ईराककै उदाहरण हेरौं । त्यहाँको सरकारी आँकडामा युवा बेरोजगारीको प्रतिशत १८ छ, तर ‘शिक्षा, रोजगारी र तालिम पनि नलिएकाहरु’को प्रतिशत भने ५७ छ । त्यही भएर ईराकी युवाहरुले अहिले त्यहाँका विश्वविद्यालयहरुलाई “बेरोजगार उत्पादन गर्ने कारखाना” भन्न थालेका छन् ।
.......

विनाशले विकासका लागि बाटो खोल्दैछ
आज अरब जगत् धेरै हदसम्म फेरिइसकेको छ । अब एकदमै स्पष्ट छ, कैयौं बर्षदेखिको हिंस्रक सामाजिक–राजनैतिक उथलपुथलपछि शिक्षा र सामाजिक सुरक्षा जस्ता संवेदनशील र आधारभूत पक्षलाई कुल्ँचदै समाज विकासको सार्वभौम नियमलाई अवरुद्ध पार्न खोज्ने कट्टरपन्थी स्वेच्छाचारिता क्रमशः खुम्चिदैंछ । बौआजिजीको आत्मबलिदानपछि गुणस्तरिय शिक्षामा सबैको समान पहुँच, सामाजिक न्याय, श्रोतहरुको समानुपातिक बितरण, रोजीरोटीको प्रत्याभूति, र सबैभन्दा माथि, राज्यको नीति–निर्माण तहमा अधिकतम जनसंख्याको सहभागिता अब यी सवालमा नव स्थापित अरबी सरकारहरुले पछाडि फर्केर हेर्न सक्ने छैनन् ।

किन कि अब आइन्दा ट्युनिशियामा बेन अलीको पुनरागमन सम्भव छैन, लिबियामा कर्णेल गद्दाफीको पुनर्जीवन सम्भव छैन, र सबैभन्दा महत्वपूर्ण कुरा, लडाईँमा निर्णायक जीत हासिल गर्नसके भने पनि सिरियामा बशर अल असदले अब पुरानै ढर्रामा शासन गर्न सम्भव छैन ।

सारमा, सामाजिक स्थिरता र सौहाद्र्रता, आर्थिक उन्नयन र सुस्थिर राजनैतिक व्यवस्था बनाइराख्न श्रमसित जोडिएको सार्थक शिक्षाको अपरिहार्यतालाई नचाहेर पनि साउदी शासक अब्दुल्लाले समेत मानेकै अवस्था अहिले छ ।

यसकारण यति अब तय छ, शिक्षा र श्रमबीचको अन्तर्सम्बन्ध तथा सामाजिक न्यायको सन्दर्भमा जुन पाठ अरबी शासकहरुले विगत केही बर्षमा सिके, त्यसको प्रभाव विश्वव्यापी हुँदैछ, र त्यो पाठलाई करिब–करिब त्यस्तै परिस्थितिबाट गुज्रिरहेको नेपालका नेता र जनताले पनि आत्मसात नगरी सुखै छैन ।


सन् २०१० डिसेम्बर १७ का दिन ‘वसन्त विप्लव’ भएको थियो । आज ठिक दश बर्ष पुरा भएको छ । 
लेखक परराष्ट्रमामिलाका जानकार हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर