• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फोटो कथाः नेपाल उठ्ने र उठाउने आशाहरु 

काठमाडौं । विश्वभर फैलिएको महाव्याधी कोभिड–१९ । जसका कारण नेपाली पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना सेलाउँदै जाने क्रममा छ । कतिपय विकसित देशहरुमा खोपसमेत निर्माण भइसकेकाले आशाहरु पलाई राखेका छन् ।

कोरोनाबाट ध्वस्त अर्थतन्त्रलाई उठाउने मुख्य स्रोत हाम्रो मुलुकका लागि पर्यटन हो । नेपाल उठ्ने र उठाउने आशा सबैमा छ । त्यसको मुख्य आधार पर्यटन हो । यी नेपाल चिनाउने र अर्थतन्त्र उठाउने फरक–फरक ठाउँहरुलाई हामीले क्रमशः स्थान दिंदै जाने छौं । 

फोटो कथा–१ः यो तस्बीरमा देखिएको याकको घामछायाँ तालमा देखिएको छ । झुल्के तापको खोजीमा मनास्लु हिमालको काखमा । मनास्लु हिमालका हिउँबाट रसाएका कलकल चिसो पानीको यो ताल । जहाँ पुग्दा आफैँमा आनन्द आउँछ मान्छेलाई । जहाँ रैथाने बस्ने याकलाई समेत मख्खै पारेको देखिन्छ । 

गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्ने वीरेन्द्र ताल ३५५० मिटर उचाईंमा अवस्थित छ । लार्के पास गरी मनाङ झर्नेबेला सामा गाउँबाट आधा घन्टामा त्यहाँ पुगिन्छ । आफ्नो मनोकाँक्षा पुरा होस् भनि ढुंगा खापेर चढाइन्छ । जसलाई स्थानीय भाषामा ‘छोरतेन’ भनिन्छ ।  

फोटो कथा–२ः विश्वकै अग्लो उचाईमा रहेको यो होटल यो सगरमाथा र कालापत्थर जानका लागि बास बस्ने गोरक्षप हो ।  ५१८० मिटर उचाईमा यो स्थान अवस्थित छ । जहाँ माधव कुमार नेपाल प्रधानमन्त्री रहेको बेला जलवायु सम्बन्धी मन्त्रिपरिषद बैठक बसेको थियो । कालापत्थरमा गरिएको भनिए पनि यहीँ स्थानमाथि कालापत्थर जाने बाटोमा मन्त्रिपरिषद् बसेको थियो ।

फोटो कथा–३ः धेरैको मन लोभ्याउने यो तिलिचो ताल मनाङमा पर्छ । जसलाई विश्वको अग्लो भागमा रहेको तालका रुपमा चिनिन्छ । उचाई ४९१९ मिटर छ ।

फोटो कथा–४ः गोरखाको जगत गाउँ जोड्ने यो पुल नयाँ प्रविधिबाट बनेको हो । तलतिर मस्र्याङ्दी बग्दै गरेको छ । २०७२ को बिनासकारी भुकम्पले बाटो भत्काएपछि जगत गाउँ तथा मनास्लु पदयात्रा बन्द भएको थियो । स्वीस सरकार र प्रविधिबाट निर्मित यो पुल नेपालको पहिलो हो । पुलका १ सय मिटर लम्बाई छ । 

फोटा कथा–५ः मनास्लु जाने क्रममा चुन भ्याली पुग्नै लाग्दा खच्चडको हुलसँग ।

फोटो कथा–६ः अन्नपूर्ण आधार शिविर । अन्नपूर्ण आधार शिविरबाट देखिएको यो दृष्य ‘अन्नपूर्ण–१’ हो । यो आधार शिविर ४१३० मिटरमा अवस्थित छ । 

फोटो कथा–७ः ६४७६ मिटरमा रहेको यो देखिएको हिमाल लार्केपिक हो । लार्के पास गरी मनाङको भीमथान पुगिन्छ ।

फोटा कथा–८ः मनास्लु हिमाल । उचाई ८१५६ मिटर ।

वीरेन्द्र तालमा फोटो कथाका भुवन मास्केसहित क्यानेडियन पर्यटकहरु । ट्रेकिङ गाइड मास्के माउन्टेन लेर्यस ट्रेक्स एन्ड एक्सिपिडिसनमा आबद्ध छन् । ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर