• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

‘भ्यागुताको भुँडी फुटे जस्तो' ओलीजी दम्भले फुट्नुभयो – राधाकृष्ण मैनाली (भिडियाे)

कोअर्डिनेशन कमिटीमा कामै नगरेर भागेपछि ओलीलाई उतिबेला कारबाही गरिएको थियो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संघीय संसदको प्रतिनिधिसभा  विघटन गरे । त्यसपछि देशमा विभिन्न राजनीतिक उतारचढाव आए ।

प्रधानमन्त्री ओलीको कदमलाई लिएर पक्ष विपक्षमा मत विभाजन भएका छन् । संविधानतः संसद विघटन हुन सक्दैन । दुई तिहाईको जनमत पाएको सरकारले जनताको जनमतको कदर गर्न सकेन भन्ने एउटा पक्ष छ भने अर्को पक्ष प्रधानमन्त्रीलाई सत्तारुढ दलकै नेताहरुले काम गर्न नदिएपछि उहाँले बाध्य भएर संसद विघटन गर्न परेको तर्क गरिरहेको छ । 

यही विषयको सेरोफेरोमा रहेर कृष्ण गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीका झापा आन्दोलनदेखि सँगै काम गरेका, जेलमा पनि सँगै बसेका नेपाली कम्युनिष्ट आन्दोलनका धुरन्धर ब्यक्तित्व राधाकृष्ण मैनालीसँग सम्वाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेपछिको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ? 
सबभन्दा पहिले त म के आग्रह गरौँ भने नि, धेरै मिडियाले त्यसमा प्रकाश पार्दै आएका छन् । त्यसमा त म धेरै जान चाहन्नँ । किनकी यो संविधान भन्न त संसदीय संविधान नै भनिन्छ । तर विश्वमा युरोपतिर चलेका संसदीय संविधानका सबै गुणहरु, सबै व्यवस्थाहरु यो संविधानमा छैन ।

अब प्रधानमन्त्रीले चाहने बित्तिकै पार्लियामेन्ट भंग गर्ने जस्तो युरोपतिरका संविधानहरुमा अप्ठ्यारो पर्ने बित्तिकै उसले पार्लियामेन्ट भंग गरेर नयाँ जनादेशको निम्ती जान पाउने संवैधानिक व्यवस्था हुन्छ । अब यहाँ नेपालको संविधानमा जुन संविधानसभामार्फत बनाइयो । जसमा प्रधानमन्त्री ओली आफंै पनि त्यो संविधान निर्माण गर्ने संविधानसभाको सदस्य हुनुहुन्थ्यो । त्यसमा के गरिएको छैन भने प्रधानमन्त्रीलाई मन लाग्ने बित्तिकै पार्लियामेन्ट भंग गरेर नयाँ जनादेशको निम्ती जाने बाटो खुला गरिएको छैन । त्यहाँ एउटै कुरो के छ भने निर्वाचन भएर नयाँ पार्लियामेन्ट आइसकेपछि कुनै एक दलको बहुमत पार्लियामेन्टमा भयो भने उसको सरकार बन्ने ।

एक दल भएन भने दुईटा दलको तीनवटा दलको संयुक्त सरकार बन्ने । अनि त्यसो पनि हुन सकेन भने सबभन्दा सानो पार्टीको अथवा कुनै व्यक्तिले सरकार बनाउन चाहन्छु भन्यो भने राष्ट्रपतिले अनुमति दिने । उसले विश्वासको मत लिन सक्यो भने सरकार चल्यो । सिंगल व्यक्तिले वा सानो पार्टीले पनि विश्वासको मत लिन सकेन भने प्रधानमन्त्रीलाई पार्लियामेन्ट विघटन गर्ने राइट दिएको छ । त्यो भन्दा अर्को ठाउँमा बहुमतको सरकारले चित्त नबुझेको वातपमा पार्लियामेन्ट भंग गरेर संसद चल्ने अवस्था हुँदै, सरकार चल्ने अवस्था हुँदा हुँदै भंग गर्ने अधिकार यो संविधानले दिएको छैन । 

यो संविधानको यो अधिकारलाई उहाँले नबुझेर विघटन गर्नु भयो कसरी भन्न सकिन्छ ? जबकी उहाँले संविधान निर्माण गर्ने संसदकै एउटा सदस्य हुनुहुन्थ्यो । त्यस कारण यो नबुझेको त होइन । तर यो बल मिच्याई के भयो भने मैले दुई तिहाईको बलमा मैले जे पनि गर्न सक्छु भन्ने बल उहाँलाई आयो । जे पनि गर्न सक्ने दुईतिहाईको बल भनेको त उहाँले पार्लियामेन्ट नै डिजल्भ गरेर दुईतिहाई त सिद्धाइसक्नुभयो । त्यो बल त अब उहाँमा छैन । उहाँ कस्तो हुनुभयो भने उहाँ एउटा केयर टेकर सरकार । काम चलाउ सरकारमा संसदको दुई तिहाईको सरकार समर्थन पाएको सरकारबाट केरय टेकर सरकारको ठाउँमा उहाँ आफै अगाडि आउनुभयो । 

अब त्यसको ठीक कि बेठीक भन्ने निरुपण त अदालतले गर्ला । रिट गरेका छन् । अदालतको रिटले उहाँलाई केयर टेकरकै रुपमा राखेर उहाँलाई पार्लियामेनट डिजल्भ गरेको सदर गरिदियो भने त चुनावमा जाने बाटो खुल्ला । अहिले त्यसो गरिएन भने र साँच्चिकै न्यायलयले संविधानमात्रै हेरेर संविधानमो संरक्षण गर्ने रुपमामात्रै न्यायलय अगाडि गयो भने न्यायलयले पनि यो प्रधानमन्त्रीको विघटनको प्रस्तावालाई स्वीकार गर्ने अवस्था छैन । भने अब के हुन्छ भने जस्तो राष्ट्रपतिले विघटन गर्ने प्रस्तावमा पनि राष्ट्रिय र अन्तरराष्ट्रिय परम्पराहरु भन्दै जस्तो हाम्रो देशमा पनि विगतमा धेरै चोटी प्रधानमन्त्रीहरुले आफैले बहुमत भएर विघटन गरेको इतिहास त छ । तर त्यो इतिहास अर्को संविधानमा हो । 

यो संविधान अन्तर्गतको इतिहास होइन । ०४७ सालको संविधानमा पनि त्यो कुरो भयो । ०१५ सालको संविधानमा पनि नेपाली कांग्रेसको  सरकार पनि बी.पी.को नेतृत्वमो चलेको थियो । राजाले कू नै गरेर हटाइदिए । त्यो टेकेर कू गर्ने अधिकार त्यो संविधान राजालाई थियो । संविधानभन्दा बाहिर त राजा पनि गएको होइन । किनकी त्यो अधिकारबाटै हटाइयो । त्यस्ता अधिकार भएकाबेला गरिएका कुरा हुन् ।

अहिलको संविधानमा त्यो अधिकार छैन । भने बहुमतको सरकार भएपछि बहुमतको सरकार कि त पार्टी खण्डन भएर दुईटा पार्टी भएर फेरि सरकार बनाउने पर्ने , फेरि सरकार दुईटा पार्टीको पनि नबने स्थितिमा मैले अघि भने  जस्तै संविधानका जुन निर्वाचन पछि आएका प्रक्रिया नै दोहोरिए  भने त त्यो पाउने स्थिति हो । त्यस कारण उहाँले अनाधिकार प्रयोग गर्नुभयो । त्यो अनाधिकार प्रयोग गरिसकेपछि पार्लियामेन्ट त डिजल्भ भएको छ । अब अदालतले के निर्णय दिन्छ त्यो आफ्नो ठाउँमा छ । अहिले म के देख्छु भने नेकपाको इतिहासमा करिब ७० वर्षको नेपाल कम्युनिष्ट पार्टीको इतिहासको अनेकौँ खण्ड विखण्ड पार गर्दै अनेकौँ व्यक्ति समूहले बलिदान दिँदै । शरीरको बलिदान, उमेरको बलिदान, रगतको बलिदान दिँदै यहाँ आइपुगेर बल्ल बल्ल दुईतिहाईको सरकार कम्युनिष्ट पार्टीको सरकार बनेको थियो ।

अब यसप्रति आम जनताको आशा पनि थियो । किनकी आशा नभए त दुईतिहाई त दिँदैनथे । यो सरकारले केही गर्छ भन्ने ठान्याथ्यो । केही हुन्छ भन्ने ठान्याथ्यो । आम मतदाताले भरोसा गरेर दुइतिहाई दिए तर त्यो भरोसा पूरा गर्ने भन्दा पनि आपसी पार्टी कलहमा नेकपा गयो । पार्टी कलहरुलाई मिलाउन नसक्ने । मिलाउने मुख्य दायित्व त म प्रधानमन्त्री कै देख्छु  । किनभने उहाँ पार्टीको हिसाबमा पनि पहिलो अध्यक्ष । सरकारको हिसाबमा पनि उहाँ प्रधानमन्त्री । उहाँले नै पार्टीभित्रका समाधानहरु, सरकार चलाउने तवरतरिकामा जुन उचित कदम चाल्नुपथ्र्यो । त्यो नचालेरै उहाँ विघटनमा जानुभयो । 

प्रधानमन्त्रीले संसद विघटन गर्नु संवैधानिक अधिकार नहुँदा पनि जुन गर्नुभयो भन्नुभयो, यो चाहीँ उहाँको ब्यक्तिगत स्वभावका कारणले हो ?  

प्हिले त उहाँ सरकारमा नहुँदा जेलमा हुँदा उहाँका स्वभाव  यस खालका थिएनन्  । यस किसिमको गतिबिधि देखिन्थेन किनकी पावरमा थिएन । उहाँको दायित्व बढ्दै, पावर उहाँमाथि थपिँदै गएपछि उहाँको स्वभावमा के आयो भने एउटा हमपन आयो । 

म यहाँलाई अलिकति बताउँ, नेकपा एमालेमा उहाँ पार्टीको अध्यक्ष हुनुभयो । निकै समय पछि पार्टीको अध्यक्ष हुँदा उहाँ चुनिएरै पार्टीका अधिवेशन सदस्यमध्येको बहुमत सदस्य, ५१ प्रतिशत सदस्यको चुनाबमा उहाँले मत पाउनुभयो । ४९ प्रतिशत थोरै मतले माधब जीले हार्नुभयो । भनेपछि उहाँ चुनिएकै पार्टी अध्यक्ष हो ।  चुनिएको पार्टी अध्यक्ष भएर पनि त्यतिखेर पनि नेकपा एमालेमा उहाँ सर्वसम्मत हुनुहुन्नथ्यो । चुनावबाटै त्यहि देखियो । एक दुई प्रतिशत फरक रहेको मतमा उहाँले विश्वास जित्नुभयो । गणितीय रुपमा त उहाँले जित्नुभयो । पार्टीको सर्वसम्मत नेता उहाँ त्यतिखेर पनि हुनुहुन्नथ्यो । त्यतिखेरदेखि, उहाँ जितेर आइसकेपछि आफूलाई भोट नदिनेप्रति उहाँले आग्रह राख्दै आउनुभयो । 

अलग पार्टीका मान्छेहरु जस्तो गरी उनीहरुलाई हेप्ने, जिम्मेबारी नदिने कामहरु गर्दै आउँदा उहाँ चाहीँ माधवजी झलनाथजीमाथि उहाँको दुव्र्यबहार चल्दै आयो । त्यहिबेला देशको विभिन्न राजनीतिक भूमरी, चुनावको बेला आउँदाखेरि नेकपा माओवादीका नेता प्रचण्डसँग मिलेर उहाँले पार्टी एकता गर्नुभयो । पार्टी एकता गरिसकेपछि पनि दुई पार्टीको बैठक राखेर नीति बनाएर योजना बनाएर कमिटी बनाएर बिधिवत रुपले पार्टी प्रक्रियामा जानुभएन । दुईटा नेता नेता मिल्ने कुरा गर्नुभयो । अनि उहाँलाई के लाग्यो म त इलेक्टेड हुँ । म त चुनिएको अध्यक्ष हुँ भन्ने भ्रम अहिले पनि उहाँलाई परेको छ । 

उहाँ नेकपाको केन्द्रिय कमिटीमा चुनिएको अध्यक्ष होइन । चुनिनु त नेकपा एमालेमा थियो । अहिले त स्वघोषित अध्यक्ष ओलीजी पनि हो । स्वघोषित अध्यक्ष प्रचण्डजी पनि हो । दुईटै स्वघाोषित हो । दुईटै इलेक्टेड होइनन् । ओलीजीको तर्क के रह्यो भने म चाहीँ इलेक्टेड हुँ । प्रचण्ड जी इलेक्टेड होइन भन्ने आ आफ्नो बिधि प्रक्रियामा दुईटै आफ्ना आफ्ना कमिटीमा त इलेक्टेड नै थिए । त्यो इलेक्टेड कमिटीलाई दुईटै भंग गरेका हुन् । भंग गरेका दुईटा नेताले स्वघोषित अध्यक्ष भएर आए  । त्यो आउँदा उनीहरुको तर्क के रह्यो भने जे शर्त गर्ने अँध्यारो कोठामा गर्ने । ४४५ जनाको केन्द्रिय कमिटी भन्यो त्यो केन्द्रिय कमिटीमा राखेर कुनै पनि निर्णय भएको छैन । 

अध्यक्ष को को हुने अनि के हुने भन्ने कुरामा सर्वसम्मत भने त्यत्तिकै अगाडि बढेर आयो । त्यस्तो बेलामा उहाँलाई अहिले पनि के भयो भने म इलेक्टेड हो, चुनिएको प्रधानमन्त्री हो, चुनिएको पार्टी अध्यक्ष हो ।

किन जबकी उहाँ पनि एउटा सांसद हो  । अरु पनि सांसदले चुनेको प्रधानमन्त्री हो । त्यस अर्थमा चुनिनु चुनिएको हो तर आम जनताले चुनेको होइन । यी सबै कुरोले के देखियो भन्दा उहाँमा एउटा अहमपन देखियो । अहमपन बढेकैले ९ जनाको सचिवालयमा पनि उहाँले विश्वास गुमाउदै जानुभयो । जबकी पहिले पहिले ९ जनाको बीचमा पनि उहाँ हिरै हुनुहुन्थ्यो । पछि बिस्तारै मान्छेलाई कमिटीमा ढाँट्ने, कमिटीलाई छल्ने, आज एउटा भोली अर्को कुरो गर्ने, मैले भनेको कुरो मान भन्ने अनि पछि गएर मैले भनेको कुरो नमाने बैठकमै आउँदैन भन्ने । 

पहिले बैठकमा के निर्णय गर्ने सहमति गर्ने बाहिर पनि बैठकमा जाने । यस्ता नन्पोलिटिकल नन्डेमोक्रेटिक कुरोहरु गरेर पार्टी चलाउने कोशिस गर्नुभयो । जसले गर्दा अरु सबैलाई बिझाउँदै आयो । बिझाउँदै आएपछि सचिवालयमामात्रै होइन स्थायी कमिटीमा पनि उहाँको बहुमत गुम्दै गयो । भनिन्छ कि केन्द्रिय कमिटीमा पनि उहाँको बहुमत छैन भनेर । आजभोलीका घटनाले त देखा पर्लान् । 

उहाँमा आएको अहमपन, उहाँमा आएको अरुलाई नगन्ने र सबै कुरामा म जान्ने हो भन्दै जस्तै देख्नुहुन्छ कहिले धर्मकोबारेमा वहाँ गएर भाषण गर्नुहुन्छ । कहिले पुरातत्वकोबारेमा पनि महापण्डित भएर भाषण गर्नुहुन्छ । जबकी उहाँको क्षेत्र भनेको पोलिटिकल क्षेत्र हो । उहाँले अन्वेषण गर्ने अन्वेषणकर्ताको क्षेत्रमा उहाँको जिम्मेबारी त होइन । अन्वेषण अरुले नै गरेको रिपोर्टलाई मान्यता दिने या नदिने ठाउँको मान्छेले अन्वेषणकर्ताको रुपमा आफूलाई पेश गरेर अयोध्याय कहाँ हो भन्ने जस्ता कुरा टुंगो लगाउनेमा उहाँ अगाडी आउनुभयो । यी सबै कुरोले के देखायो भन्दा उहाँको गैरजिम्मेवारीपन बढ्ने अनि आफ्नो अहमपन बढ्ने अनि कमिटीको मातहतमा आफूलाई नठान्ने अनि म अरु सरहकै नेता हुँ । जिम्मेबारी भनेको त एउटै पार्टीका पाँच, सात, दश, बाह्र नेताहरुका फरक फरक जिम्मेबारी हुन्छ । कोही पार्टी अध्यक्ष हुन्छ ।

कोही प्रधानमन्त्री हुन्छ । कोही सभामुख हुन्छ । कोही पार्टी चलाउने संगठन विभागको प्रमुख हुन्छ । यी त तोकिएका नेताहरुको फरक फरक जिम्मेबारी हुन् । सबै नेता हुन् । त्यो तहबाट उहाँ आफूलाई नसोँच्ने । सबैभन्दा माथि म हुँ र मैले जे भन्छु मैले जति जानेकोछु त्यो अरुले जानेको छैन । मैले जे भन्छु त्यो अरुले मान्नुपर्छ भन्ने तहबाट उहाँ जाँदा पार्टीमा बिग्रह सुरु भयो । 

पार्टीमा बिग्रह सुरु हुँदाखेरि जनतालाई चोट पु¥याउनु त हुँदैन । ६०÷६५ प्रतिशत मतदाताले उहाँहरुलाई पत्याएर पठाएको ठाउँमा त्यो काम चाहीँ नगर्ने मतदातालाई चोट पु¥याउने, आफ्नै साथीहरुलाई घोक्रेठ्याक पार्ने किसिमको पहलमा जाँदा यो दुर्घटना भएको हो । यसको लागि मलाई लाग्छ ओलीजीले नै बुद्धि नपु¥याएको हो टुंगामा म अहिले पनि त पहिले पनि उहाँको बुद्धिको नापलाई हेर्दा यस्तै ठाउँमा पुग्नुहोला किनभने उहाँको क्षमता भनेकै सरकार र पार्टी चलाउन सक्ने खालको क्षमता पहिलेदेखि नै थिएन । त्यो क्षमता विकास गर्न पनि सक्नुभएन ।  यसैले नेकपाको मात्रै होइन देशकै संकट, संविधानकै संकट निम्त्याउने ठाउँमा उहाँ पुग्नुभएको छ । 

तपाईंले यति भनिरहँदा पहिलो चोटी तपाई र केपी ओलीको भेटको सम्झना गरिदिनुस् न अलिकति । कहिले, कहाँ, कस्तो अबस्थामा भेट भएको थियो ? 

अब मलाई लाग्छ, धेरै पहिलेको कुरा ठ्याक्कै दिन त थाहा छैन । सालको हिसाबले भन्ने हो भने ०२६ सालतिर मैले ओलीजीलाई झापामा ६ कलास वा ७ कलासमा पढ्दै हुनुहुन्थ्यो । त्यतिखेर भेटेको हुँ । त्यतिखेर म पार्टीको गाउँको संगठक थिएँ अथवा जिल्लाको भूमिगत पार्टीको संगठक थिएँ । उहाँ बिद्यार्थी हुनुहुन्थ्यो । त्यतिबेला उहाँ सामान्य गतिबिधिमा पनि हुनुहुन्नथ्यो । रामनाथजीकोमा बस्नुहुन्थ्यो ।

रामनाथजी पछि आन्दोलनकै सिलसिलामा ०२९ साल फागुन २१ गते सुखानीमा सहादत ग¥यो । ती सहादत हुने साथीको घरमा उहाँ पढ्न बस्नुहुन्थ्यो । त्यहि घरमा खानपिन गरेर नजिकै हाइस्कुलमा पढ्नुहुन्थ्यो । त्यही बिद्यार्थीलाई मैले चिनेको हुँ । पछि बिद्यार्थी आन्दोलनमा लाग्नुभयो । किनकी रामनाथ जी उहाँको प्रेरणा हो । रामनाथजी झापाको राम्रो संगठक हुनुहुन्थ्यो । पछि सुखानीमा पञ्चायती शासकले बर्बरतापूर्वक हत्या ग¥यो ।

उहाँलाई अत्याधिकै म चिन्छु । पछि हुँदै हुँदै गएर उहाँ पनि संगठनमा आउनुभयो । पछि उहाँ मनमोहन जीबाट बिद्रोह गरेर अलग संगठन बनाउँदा त्यही कार्यकर्ताको रुपमा उहाँ आउनुभयो । त्यहि गतिबिधि चल्दै जाँदाखेरि हामी अझ सशक्त आन्दोलन गर्दै जाँदा उहाँ पक्राउ पर्नुभयो पहिले झापामै । नरेश खरेल, नारद भारद्धाज, लिला कट्टेल लगायत हामी झापामा पक्राउ परिसकेपछि त्यसको केही महिना पछाडि उहाँ झापाबाट लाग्छ मलाई नैनतालमा मोहनचन्द्र र उहाँ अन्डरग्राउण्ड बसेर श्रम गरेर खाँदैहुनुहुँदो रहेछ । पछि उताबट फर्किने शिलशिलामा उहाँहरु रौतहटबाट पक्राउ पर्नुभयो । हामीलाई पनि पक्रेर काठमाडौं जेलमा ल्याइसकेपछि र उहाँहरुलाई पनि काठमाडौँ जेलमा ल्याइसकेपछि फेरि जेलमा पनि भेट भयो । अनि जेलमा हामी सँगै भयौँ । गोलघरमा हामी सँगै भयौँ । 

खुला राजनीतिमा कति सँगसँगै रहनु भयो ? 
मैले बिद्यार्थीकालबाट राजनीति सुरु गरेँ । राजनीति सुरु गरेपछि म पार्टीसँग जोडिएर पार्टी गतिबिधिमा काम भूमिगत मान्छे अलिकति खुल्ला हुँदै जाने शिलशिलामा पछि गएर कामकै चापले जब सरकारले वारेन्ट गर्न थालेपछि अनि भूमिगत भइयो । त्यहि शिलशिलामा ओलीजीले पनि बिद्यार्थी गतिबिधि एक डेढ वर्ष गर्नुभयो हाइस्कुलमा पढ्नाखेरि । त्यहाँ पछाडि हाइस्कुल पास गरिसकेपछि एक वर्ष जति खुल्ला रहेर काम भूमिगत भई त्यसपछि उहाँ पनि भूमिगत हुनुभयो । भूमिगत हुने बित्तिकै दमन चर्को भयो । रामनाथजीहरु प्क्राउ परिसकेपछि उहाँ पनि झापाबाट बिराटनगर हुँदै नैनतालसम्म पश्चिमतिर लाग्नुभयो ।

त्यस कारण खुला गतिबिधि हामीले त्यति धेरै गरेनौँ । सायद ओलीजीसँग एक वर्ष जति खुला गतिबिधिमा गाउँमा किसान संगठन गर्ने काममा हामी लागेको हो । ०४५ सालमा जेलबाट छुटेर आइसकेपछि म खुला मोर्चामा काम गर्न लागेँ । उहाँ पार्टीमा फेरि आएर नेकपा एमाले बनिसकेको थियो । एमालेको केन्द्रिय कमिटीको हैसियतले हामी केन्द्रिय कमिटीमा गयौँ । केन्द्रिय कमिटीमा गएपछि ओलीजीलाइ लुम्बिनी अञ्चलतिर भूमिगत रुपमा संगठकको रुपमा उहाँलाई जिम्मा लगाइयो । म चाहीँ काठमाडौँमै खुला मोर्चा सम्हाल्ने बसेँ । पछि जनआन्दोलनको बाममोर्चाको कार्यबाहक अध्यक्ष बनेर आन्दोलन हाँक्ने कुरोमा म पुगेँ । पार्टीमा हामी पछि पनि सँगसँगै काम गर्दै अगाडि आइयो । त्यस कारण  झापा आन्दोलनदेखि नै हामी एउटै संगठनमा हो । 

झापा आन्दोलनमा सफाई अभियान चलाउनुभएको थियो तपाईंहरुले त्योबेला सँगसँगै काम गर्नु भएन ? 
पाँच सातवटा घटनाहरु घटे । त्यसमा मलाई लाग्छ सफाई आन्दोनमा हामी सँगै हौँ । वर्ग शत्रु खतम गर्ने अभियानमा हामी कार्यकर्ता नै हौँ । कसले सफाई अभियानमा भाग लियो कसले लिएन त्यो बेग्लै कुरो । तर पोलिटिक्स हामी सबैले सँगै भोगेको हो । म त्यतिखेरको संगठक हो ।

मुख्य संगठक हो भने सामान्य संगठकको रुपमा ओली जी पनि हो । ओलीजी भो, सीपी जी भो , नारायण खरेल अरु थुप्रै साथीहरु नारद भारद्धाज झापातिर बसेका अमर कार्की, छबिलाल पहिल्यै बितिसक्नभयो । यी सबै साथीहरु त्यतिखेर शसस्त्र गतिबिधिमा लैजाने कार्यकर्ताको रुपमा अगाडि गएको हो । त्यो सशस्त्र गतिबिधि चलाउने, वर्ग शत्रु खतम गर्ने अभियानमा ओलीजी पनि हो । त्यो पोलिटिक्समा को को एक्सनमा गए को को एक्सनमा गएनन् यो वर्णनयोग्य विषयमा पनि परेन । त्यो छुट्याउनु पनि परेन । आ आफ्नो कुरा आफू आफूले भन्ने हो । मलाई लाग्छ धेरै साथीहरु संगठक साथीहरु एक्सनमा आफै गएका चाहीँ छैनन् । त्यस हिसाबले भन्दा हामी त्यो वर्ग शत्रु सफायमा पनि राजनीतिक रुपले हामी एकजुट भएरै लागेको हो । 

उहाँहरुका गतिबिधि कस्ता हुन्थे ? जस्तै अग्रसर हुने अथवा पछि हट्ने ? 

ओली जी त्यतिखेर पनि कस्तो हो भने बोल्न चाहिँ बोल्ने । आफूले बोलेका काम पूरा नगर्ने स्वभाव सुरुदेखि नै हो । जस्तो अहिले, पछि प्रधानमन्त्री भएपछि उहाँले गरेक कुरा नराम्रा छैनन् नि । पानी जहाज ल्याउने कुरो नराम्रो त होइन । घरघरमा ग्याँस पु¥याउँछु, नराम्रो भनेको त होइन । अनि कोही मान्छे भोकै हुँदैन, त्यो नराम्रो बोलेको होइन । औषधिबेगर मान्छे मर्दैन त्यो पनि नराम्रो होइन । सबै राम्रो कुरा भनेको छ । काम पो भएन त । उहाँले भनेको कुरामा काम भएको मैले अहिलेसम्म यो देवकोट प्रतिष्ठान बनाउने, त्यसको लागि देवकोटा बसेको घर किन्ने अनि त्यहाँ प्रतिष्ठान बनाउने यो एउटा राम्रो काम मैले अहिलेसम्म देखेको । चुनाव भयो स्थानीय निकायको । विभन्न ठाउँमा राम्रो काम गरेको छ स्थानीय निकायले । केन्द्रिय सरकार जति बदनाम छ तल स्थानीय निकाय अलि कर बेसी लियो भन्ने आवाज त छ नै ।

अब करै नतिरी स्थानीय निकायलाई पैसा पनि आउँदैन । कति धेरै कति थोरै अझै पनि छानविनको विषय होला । सिस्टम नबनेको हुँनाले कुनैमा अलि चर्को कर लिने काम पनि स्थानीय निकायले ग¥यो होला । तर स्थानीय निकाय केन्द्रभन्दा धेरै क्रियाशील छ । उसले राम्रा कामहरु पनि गरेको छ । अनि केन्द्रिय सरकारले जीविकाको निम्ती अथवा केन्द्रिय सरकारको प्रधानमन्त्रीले जे भनेको छ भनेको कुरा पूरा गरेकै छैन । देशमा गरिबी छ । गरिबी हटाउने मुख्य काम भनेको रोजगारी हो । रोजगारी खोज्ने र रोजगारी निर्माण गर्ने काम  त भएकै छैन । कसरी रोजगारी हुन्छ त्यो पनि थाहा छैन । स्वरोजगार कार्यक्रम चलाएका छन् त्यो पनि भाषणमा मात्रै छ काममा छैन । त्यस हिसाबले मलाई लाग्छ उहाँमा पहिलेदेखि नै कुरा गर्ने काम नगर्ने पद्धती हो । त्यो अहिले पनि उहाँ कुरा गर्ने काम नगर्ने । अनि काम नगरेपछि मान्छेले काम भएन भन्ने भए । काम भएन भनेपछि उहाँले बिरोधी ठान्ने ।

आलोचना गर्ने  सुझाव दिने जम्मै उहाँका बैरी हुन्छन् । मित्र बनाउनु सक्नुभएन । बहुदलीय व्यवस्थामा आफ्नै पार्टीमा पनि यो काम भएन भनेर कसैले प्रश्न उठायो भने सुन्नु पर्छ । भयो कि भएन खोज्नुपर्छ । कसैले भ्रष्टाचारको कुरो उठायो त्यसैमाथि खनिने । उहाँ भ्रष्टाचार गर्नै दिन्नँ र सुन्नै चाहान्न भन्ने भ्रष्टाचार रुक्दै नरुक्ने मौलाउँदै जाने । उहाँले भनेजति कुरा सबै पोजेटिभ छन् तर काम जम्मै नेगेटिभ भएको छ । त्यस अर्थमा उहाँ पहिलेदेखि नै त्यतिखेर सानो जिम्मेबारीमा हुँदाखेरि भनेका कुरा खासै अर्थ रहेन । देशको एक नम्बर व्यक्तित्वको जिम्मेबारीमा पुगिसकेपछि पनि बानीब्यहोरा चाही पहिलेका जस्तै फुटाउने, गफ र टुक्का हान्ने अनि काम चाहीँ केही पनि नगर्ने भएपछि त त्यो बद्नाममा जाने नै भयो । हुँदै हुँदै आफ्नै पार्टी पनि चलाउनुभएन । अनि सरकारलाई पनि चलाउन सक्नुभएन । सरकार चलाउने भनेको त आम जनताको हितार्थ काम गर्न सक्ने हो । त्यो पनि भएन । जस्तो चीनतिर कतिवटा सन्धी सम्झौता गरेर कतिवटा प्रोजेक्ट बनाएको छ अहिलेसम्म त्यो नम्बरै दिएको छैन । काम गर्ने हो भने काम गर्न सक्ने स्थिति छैन । अझै इन्डियासँग सम्बन्ध कसरी सुमुधुर बनाउनुपथ्र्यो त्यो पनि सक्नुभएको छैन । संविधान बनाउने बेलैमा जुन संविधान बनाउनुभयो । संविधानसभाले बनाएको संविधान नेपाल र नेपालीको अनुकुल त्यो पनि बनाउनुभएन । संघीयता नेपालमा के जरुरी थियो ?

एकिकृत भएको देशलाई टुक्रा टुक्रा पारेर चौध पन्ध्र टुक्रा बनाउने कुरासम्म पुगेर सातवटा टुक्रा बनाएको छ । जुन संघीयता अहिलेसम्म प्रयोग हुन सकेको छैन । यस्ता नहुने नहुने कुरो गर्ने । धर्म निरपेक्षता देशलाई बनाउने । राष्ट्रपति चाहीँ पशुपतिमा घन्टी बजाउँदै कुद्ने । धर्म निरपेक्षता भनेपछि त धर्म नमान्ने नै रुपमा अगाडि आउन सक्नुप¥यो नि । यता भोट लिनको लागि शंख घण्ट बजाउन पनि जाने । विदेशीहरुलाई खुशी पार्नको लागि धर्मनिरपेक्ष भन्दै पनि जाने यसखालको संविधान बनाउनुभयो । जुन संविधान नेपाल अनुकूल छैन । त्यो अनुकूल नभएकै कारणले यहाँ केही प्रगति पनि हुन सकेन । किनभने बुद्धि पनि त्यहि अनुसा हुन सकेन । यहि संविधान पनि केही बुद्धि पु¥याएको भए हुन्थ्यो । जसले गर्दा उहाँको पहिलेदेखि स्वभावले गर्दा नै स्थितिलाई डामाडोल बनाएको हो । अब हुँदै हुँदै अहिलेको स्थितिमा त मलाई के लाग्छ भने साँच्चिकै उहाँलाई संकट आएको भए आफू पछि सरेर भए पनि पार्टीलाई आन्दोलनलाई बचाउनुपथ्र्यो नि । सरकरलाई बचाउनुपथ्र्यो नि । सबैलाई लगेर भड्खारामा हालिदिनुभयो । 

तपाईंले जेलभित्रको सम्बन्ध, उहाँका व्यवहारहरु कस्तो थियो ? भर्भराउँदो उमेरमा नौलो जनवाद ल्याउन हिँडेका युवाहरु, जेलमा के कुरा हुन्थे ?  

मोटामोटी कुरो त अहिले पनि याद छ । समय पनि धेरै भयो । त्यतिखेर कति समय त हामी एउटै जेलमा भएर पनि एकले अर्कालाई भेट्न नपाउने ठाउँमा थियौँ । सरकारको दमन यति थियो कि दुईटा कोठामा थुनेको थियो भेट गर्न दिएन । त्यस्तो अवस्थामा कागजका टुक्रमा लेखेर कुच्चामा बाँधेर एकले अर्कोको कोठामा चिठी पठाएर कुराकानी गर्ने अवस्था हामीले पार गरेका हौँ । ६ फिट बाइ ८ फिटको कोठमा  २४ सै घण्टा थुनिनुपरेको थियो । त्यस्ता दिन पनि हामीले ती वर्ष चार वर्ष सँगसँगै बिताएका हौँ । त्यो दुःख हामीले काटेका हौँ । हामीसँगै थुनिएका नेपाली कांग्रेसका भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई त्यहीँबाट लगेर फासी दिइयो । हामी पाँचजजना सँगसँगै तीन चार वर्ष बिताएका थियौँ । यस्तो अवस्थामा बस्दा पनि हामी उच्च मनोबलकासाथ देशमा कसरी कम्युनिष्ट आन्दोलन, हामी सरकारमा गयौँ भने कहाँ के गर्छौँ भन्ने कुरोमा गरिबको हित कसरी गर्ने, देशमा समानता कसरी ल्याउने, देशलाई औद्योगिकरण कसरी गर्ने जस्ता कुराहरु हामी गम्भीर छलफल गथ्र्यौँ । सोँच बिचार बनाउँथ्यौँ । जुवातास खेलेर ठट्टा गरेर बस्दैनथ्यौँ । खेल्ने रमाइलो गर्ने त जिन्दगी नै आएन हाम्रो ।

विडम्बना के भयो ने ती कुराहरु यहाँ आएर सरकारमा त गइयो मन्त्रीमा त पुगियो । मन्त्री नै मुख्य योजनाकार त होइन । देशको मुख्य योजनाकार भनेको त प्रधानमन्त्री हो । त्यो आन्दोलनबाट आएको मध्येमा राम्रो कुरा के थियो भने ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो । हामीले जेलमा गरेका परिकल्पनालाई उहाँले प्रधानमन्त्री भइसकेपछि । दुईतिहाइ समर्थन पाएको प्रधानमन्त्री भइसकेपछि सेना पनि उहाँको मातहतमा राजतन्त्र पनि छैन अब । पुलिस उहाँको हातमा । सारा ब्युरोक्रेसी उहाँको हातमा । उहाँले उचाल्छु भन्दा जुरुक्कै उचाल्न सक्ने अवस्थामा आएपछि त हिजोका अनुभवलाई समेत लिएर आमूल रुपान्तरणको रुपमा अगाडि बढाउनुहुन्छ भन्ने धेरैले ठानेका थिए । मलाई पनि सुरु सुरुमा ओलीजीले केह िगर्नुहोला, सबै साथीहरुलाई समेट्नुहोला भन्ने लागेको थियो । बीचबीचमा भेट हुँदाखेरि त्यतिखेरको कालखण्डमा पार्टीबाट त त्यतिखेरै हुत्याउनुभएको थियो । धेरै लामा कुरा नगरौँ । त्यति धेरै बाक्लो भेटघाट हुँदैनथियो । भेट हुँदाखेरि पार्टीलाई एक बनाएर लाने कुरो देशलाई योजनाबद्ध लाने कुरो मैले धेरै चोटी उहाँलाई भनेँ । उहाँ सुनिरहने हो र पार्टीलाई एकिकृत गर्ने कुरामा, गोलबन्द गर्ने कुरामा उहाँको जहिल्यै  प्रष्ट कुरो के देखिन्छ भने जसले मलाई सघायो  त्यसलाई समाउँछु मलाई नसघाउने चाहीँ मेरा कार्यकर्ता होइनन् जस्ता कुरा गरेर ग्रुपिज्मको चरम कुरा जहिले पनि गर्नुहुन्थ्यो ।

अहिले पनि केही कुरा आयो । पार्टी भनेको चाहीँ उहाँको पक्षमा लाग्ने त्यसको चाहीँ उहाँ नेता हुने । उहाँको एउटा बानी के रह्यो भने उहाँको पक्षमा लाग्ने मान्छेलार्ई जसरी पनि डिफेन्स गर्ने हो ।  चोर भए पनि । डाँका भए पनि । भुस्याहा भए पनि । भ्रष्टाचारी भए पनि त्यसको संरक्षण उहाँले गर्नुहुन्छ । आफ्नो पक्षधरतालाई समाउने कति राम्रो कति नराम्रो त्यो चाहीँ उहाँको हो । अर्को रोग लाग्ने बित्तिकै आाित्तएर मरिहाल्छु भन्ने बानी उहाँको पहिले पनि थिएन र अहिले पनि छैन । त्यो पनि राम्रै बानी हो । त्योदेखि बाहेकका आफूले बोलेका कुरा आफैले फलो गरेर राज्यमा लागू गर्ने कुरामा कहिल्यै नगर्ने । 

जस्तो ः पहिलोचोटी प्रधानमन्त्री हुँदा तुइन विस्थापित गर्ने । त्यो प्रस्ताव मैले नै दिएको हो ओली जीलाई । देशमा सबभन्दा पहिले के निर्णय गर्ने भन्दा सजिलो पनि देखिने पनि इस्यु भनेको सपथग्रहण गरेर बेलुका पदबहाली गर्नुभन्दा बिहानको कुरो मैले नै उहाँलाई के सल्लाह दिएको थिएँ  भने देशमा तुइनहरु होलान् ती तुइनहरु विस्थापित गरेर झोलुंगे पुल बनाऔँ । त्यहाँ अर्को पुल बनाउने स्थिति आउन सक्दैन । सबै कन्भिन्स भएर त्यहि प्रस्ताव लेखेर पठाइयो । पछि उहाँले त्यसैमा सही पनि गर्नुभयो । सही गरेपछि देशमा तुइन कति छन् ? ती तुइन विस्थापित गर्न कति पैसा चाहिन्छ ? कति वर्षमा त्योलाई विस्थापित गर्न सकिन्छ ? उहाँले दिमागमा त्यो राखेर छलफल गरेर प्लानिङ कमिसनलाई त्यसकोबारेमा योजना दिएर सम्बन्धीत मन्त्रालयलाई बजेट छुट्याइयोस् भनेर जाने कुरा उहाँले कहिल्यै गर्दै गर्नुभएन । त्यो एकदिन सही गरेर मैले सही गर्देकै छ तुइन विस्थापित भन्देपछि आफै अटोमेटिकल्ली हुन्छ भन्ने । आफ्नो राज्यको कुरो त्यस्तो त हुँदैन । किनकी पैसा चाहियो । कागजमा सही गरेरमात्र भएन बजेट छुटिनुप¥यो । बजेट छुट्याएर काम भयो कि भएन भनेर रेखदेख गर्नुप¥यो । प्रधानमन्त्रीको काम रेखदेख गर्ने पनि हो । ती सबै नगर्ने । यस्तै खालका जति पनि कुराहरु भए राम्रा भए ती हावादारी भए । काममा प्रयोग भएनन् ।

उहाँको त्यो पहिलेदेखिकै बानी हो । भएको के हो भने उहाँले कहिल्यै पनि जिम्मेबारीपुर्वक काम गर्ने ठाउँमा कहिल्यै पनि बस्नु भएन । एकैचोटी पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेपछि उहाँले आफ्नो जिम्मेबारी बुझ्नु पनि भएन, ठान्नु पनि भएन लान पनि सक्नु भएन । जसले गर्दाखेरि अन्तिममा आएर ल संकटै प¥यो रे । एकछिन मानौँ उहाँको क्षमताले भ्याएन । सकट भयो । पार्टी पनि चलाउन सक्नुभएन । सरकार पनि चलाउन सक्नुभएन भने यो आन्दोलन कसरी बचाउने अर्को त्यसको विकल्प पो खोज्नुपथ्र्यो । अहिले संसद विघटन गर्नुभयो । मान्नुस् भोली पार्लियामेन्ट उठायो भने पनि समस्या त उहाँमाथि नै प¥यो । त्यतिखेर झन कालो मुख लगाएर सरकारबाट बाहिर आउन पर्ने स्थिति हुन्छ । त्यसको दाग राष्ट्रपतिलिाई पनि लाग्ने भयो । निर्वाचनमै जाने भयो भने पार्टी त फुटाइसकेको हुन्छ । उहाँको पार्टीले कति जित्ला कति नजित्ला । अनि चुनावै होला कि नहोला । गडबडी कति होला ।

उहाँको डिगमा हिजो पार्लियामेन्ट हुँदाखेरि सरकार उहाँके डिगमा थियो । अब त्यो डिकमा त छैन । उहाँको हातभन्दा बाहिर गइसक्यो  । अब कुन कुन शक्तिहरु खेल्छन् । अब कोर्टले नै पार्लियामेन्टलाई के गर्छ भन्ने कुरो कोटकै मातहतमा हुन्छ कि कोटलाई पनि अरुले खेलाउने हुन् ? त्यो पनि टुंगो छैन । चुनावमा पुगेपछि सडकलाई कसले तताउने हो कसले तताउने होइन । किनभने अहिले विभिन्न सिंगटम जजो देखा परेको छ ओलीजीका कन्ट्रोलका त छैनन् । तीनलाई सेना लगाएरै कन्ट्रोल गर्छु भन्दा पनि सेना लगाएर हुने भने राजतन्त्र किन जान्थ्यो । त्यो उहाँले पनि बुझ्नु पर्ने हो । सेना लगाएर त्यो कन्ट्रोल त हुँदैन । किनभने हाम्रो जस्तो सानो देशमा छिमेकी मुलुकमा प्रभाव पनि पर्ने भयो । आम मान्छे मै सरकारप्रतिको आकर्षण विकर्षण भइसकेपछि त्यो प्रभाव पनि पर्ने भयो । जसले गर्दा सजिला दिन अहिले छैनन् । भनिन्छ फेरि हाम्रो देशमा हिजो जुन अस्थिरताका दिन थिए पुष ५ गतेबाट अस्थिरिताको नयाँ भूमरीमा धकेलियो भन्ने मान्छेहरुको चिन्ता धेरै छ । 

जेलभित्र कमिटीका बैठकहरु बस्थे, त्यहाँ उहाँको प्रस्तुति कस्तो रहन्थ्यो ? 

पहिले पहिले के थियो भने पहिले पनि उहाँको खुरापाती बुद्धि कमिटीमा लाग्यो । बारिह भन्ने कुरो र भित्र भन्ने कुरो । ग्रुप बनाउने । खास गरि महाकाली सन्धी पछाडि पार्टीमा ग्रुप गर्ने कुरोमा बढी लाग्नुभयो । त्योभन्दा पहिले त्यति धेरै ग्रुपिज्म गर्ने होइन । आफ्नो कुरो भन्ने । काम चाहीँ नगर्ने कुरो चाहीँ मिठै गरेर हिँड्ने खालको बानी थियो । त्यहाँ  पछाडी गुट बनाउँदै गुटलाई मलजल कसरी गर्नुपर्छ भन्ने कुरा गुट चलाउनलाई पैसा चाहियो । पैसाको व्यवस्थापन गर्ने मान्छेलाई प्रबद्र्धन गर्ने । त्यतिखेर के थियो भने पाँच हजार सात हजार दिँदा पनि एउटा कार्यकर्ता नेताको पछि लाग्न सक्ने स्थिति थियो । कार्यकर्ता आर्थिक संकटमा छन् । संकटमा परेका कार्यकर्तालाई पैसा बाँड्दै आफ्नो बनाउँदै जाने काममा उहाँ लाग्नुभयो र गुट बनाउनुभयो । त्यतिबेला गुट बनाउने बाध्य के भयो भने त्यतिखेर माधव जी पनि गुट बनाउने ।

माधवजीको गुटलाई काउन्टर गर्न ओलीजीले पनि गुट बनाउनुभयो । माधवजी पार्टी अध्यक्ष हुने अनि माधवजीको पार्टी अध्यक्ष खोस्नको लागि पनि ओलीजीले पनि गुट बनाउन थाल्नुभयो । अनि गु्रपिज्मकै आधारले उहाँ नेता हुनुभयो क्या । माधवजी पनि ग्रुपिज्मकै आधारमा चल्ने, ओलीजी पनि ग्रुपिज्मकै आधारमा चल्ने । हुँदाहुँदै ओलीजीको ग्रुपिज्म ठूलो भयो र अहिले प्रधानमन्त्री भएपछि अरु सबैलाई छ्यास्ने ठाउँमा पुग्नुभयो । ग्रुपिज्मको गुरु त माधवजी नै हो ओलीको पनि । तर अहिले माधवजीलाई पनि जितेर ठूलो ग्रुप बनाएर ओली अगाडी पुग्नुभयो । ठूलो पनि उहाँको कस्तो भयो भने भ्यागुताको भुँडि फुटे जस्तै अब त्यो फुट्यो । अब फुटेपछि ठूलो को हो के हो । त्योले फाइदा कतिलाई दिने हो भन्ने कुरा भोली आफै देखिन्छन् । 

भनेपछि नेकपामा पहिलो तहका तीन नेताहरु बिचारभन्दा पनि गुट चलाउन राम्रा नराम्रा सबै काम गरेर यहाँ पुगेका हुन् भन्न खोज्नुभएको हो ? 

पहिले पहिले नेकपा मालेमा हुँदा पनि पार्टीमा गुट गुटजस्तो गन्ध आउने गतिबिधि हुन्थे । तर ती बिचारसँग जोडिएका हुन्थे । सधै एउटा मान्छे एउटै गुटमा लागेको हुँदैनथ्यो । इस्यु इस्युमा कुनै इस्यु कसले भनेको मन पर्ने कुनै इस्यु कसले भनेको मन पर्ने । सिनियर नेताहरुकोमात्रै गुट नभएर कहिले तल कार्यकर्ता पनि हुनै पर्छ भनेर उफ्रेर सैद्दान्तिक विवादहरु ऋगाडि जान्थे । तर अहिले आएर के हो भने सिद्दान्तको त कुरै छैन । दुईटा पार्टी एकिकरण हुँदाखेरि त सैद्दान्तिक एकिकरण कस्तो नीति बनाउने भन्ने बारेमा दुईटा पार्टीका केन्द्रिय सदस्यहरु एक ठाउँ बसेर छलफल गर्न सकेनन् । अथवा चाहँदै चाहेनन् । यी दुईटा नेताहरु प्रचण्ड र ओलीजी मिलेर ढाकढुक कुरा मिलाएका रे । अहिले यहाँ आएर यो पार्लियामेन्ट बिघटन गर्दा पनि कुनै सैद्धान्तिक विवाद त छैन । जस्तो एमसिसि पास गर्ने कि नगर्ने ? त्यो पनि विवाद छैन ।

ओलीजीले कहिले कहिले पास गर्ने भन्छ । केही केही छलफल गर्दाखेरि एकचोटी स्थायी कमिटीमा पास गर्न हुन्न भन्ने कुरा आयो । त्यो पनि चर्केर विवाद अगाडी गएन । भनेपछि सैद्धान्तिक विवाद त छँदैछैन । खाली ओलीले एक्लै खाने । ओलीले एक्लै खाएको अरुले देख्नै नसक्ने । यो तहको कुरा हो भने भोली पनि मलाई लाग्छ ओलीजीले आफ्नो पार्टी बनाएर पनि एक्लै नायक भएर जानुभयो भने सायद मलाई लाग्छ त्यो नायकत्वले पद त उहाँले राखिरहनुहोला ।

पुराना धेरै नेताहरुले मदनजीले समेत एउटा महासचिव भन्ने पद राखेरै बित्नुभएको छ । त्यस्तै उहाँले पार्टी अध्यक्ष त भनि रहने तर अध्यक्षको पछि पछि मान्छे नहुने स्थिति आउन सक्छ । किनभने बैचारिक कुरो छैन । त्यसै गरी यता माधव प्रचण्डमा पनि आफू नसुध्रिएर हिजोकै शैलीले अगाडि जाने अनि राजा महाराजाकै शैलीमा आफू बाँच्ने अनि जनतामा चाहीँ सर्बहाराको नेता हुँ भन्दै जाँदा र दुइतिहाईको सरकार पनि टिकाउन नसक्दा पार्टी पनि चलाउन नसकेर जनतामा जाँदा त्यसको दोष त जनताले उहाँहरुलाई पनि लगाउने भए । त्यसबाट पनि उहाँहरु सुध्रिनु भएन भने उहाँहरुको पनि गति त दुर्गति नै हुन्छ । उहाँहरुले आफूलाई कति सोँच्नुहुन्छ । जति अहिले ओलीजीको कारणले देशमा दुर्दशा, पार्टीमा दुर्दशा आयो त्यसमा उहाँहरुले आफ्नो पार्ट बोकेर जाँदाखेरि भोली उहाँहरुबीचमा पनि मारामार सुरु । प्रचण्ड र माधवजी बीच पनि मारामार सुरु हुन थाल्यो भने गति त्यस्तै हुन थाल्छ । आफू एक्लैले खाने मति त सबैमा जग्जाहेरै छ । त्यो एक्लै खाने मतिले भोली उहाँहरुमा पनि फुट हुँदैन भन्ने कुनै ग्यारेन्टी त हुँदैन । उहाँहरु सुध्रिन जरुरी हुन्छ । नसुध्रिए देशको बेहाल हुन्छ । 

हिजो ओलीले बालुवाटारमा आफूनिकट सांसदहरुलाई बोलाउनुभएको थियो । त्यो सकिएपछि उहाँले के भन्नुभयो भने मलाई एकचोटी झापा आन्दोलनमा राधाकृष्ण मैनालीहरुले पनि कार्वाही गरेका थिए । अहिले प्रचण्ड नेपालहरुले पनि मलाई कार्वाही गर्दा कुनै असर पर्दैन । त्योबेला तपाईहरुले किन कार्वाही गर्नुभएको थियो ? 
कार्वाही गरेको भन्दा पनि उहाँलाई सचिब बनाइयो । म बिरामी । म सचिब थिएँ । म टिबि लागेर हिँड्न नसक्ने अवस्था आयो । बल्ल बल्ल दुई तीनवटा बैठकमा रिक्वेस्ट गरेपछि सचिव फेर्ने भन्ने कुरा उहाँहरुले मान्नुभयो । सचिव फेर्ने कुरा टेकेर ओलीजी भर्खर भर्खरै नौजवान उनी । कुरै धेरै गर्ने काम नगर्ने । सबैको बीचमा एक किसिमको कुरौटे मान्छेको रुपमा उहाँ परिचित । त्यहि भएर होला त्यतिखेर केही अगुवा साथीहरुले केपीलाई नै सचिव बनाऔँ भने । केपीलाई सचिव बनाइयो । त्यतिबेला हाम्रो जे कमिटी थियो । त्योभन्दा माथि हाम्रो कमिटी नै थिएन । केन्द्रि कमिटी भने पनि जिल्ला कमिटी भने पनि । कोडिनेशन केन्द्र भन्थ्यौँ हामी । त्यो कोडिनेशन केन्द्रको उहाँलाई सचिव बनाइयो कात्तिकतिर ।

सचिब बनाएपछि कात्तिकदेखि माघसम्म उहाँ एउटा बैठकमा पनि जानु भएन । एउटा घरमा बस्नुभयो बस्नुभयो त्यहाँबाट अर्को घरमा गयो बसेर खाने । कहिले कहिले कसै कसैलाई भेट गर्ने । त्योभन्दा बेसी भेट पनि नगर्ने ।  एउटा टोलीमा घुमीरहने स्थिति । त्यो टोलीमा प्रचार पोष्टर पनि गर्न नदिने । किनभने पुलिस आउँछ भन्ने डर हुने । त्यस रुपले बस्दा बस्दै पछि गएर उहाँ डिस्कन्ट्याक हुनुभयो । न बिराटनगरतिर आउनुभयो न पश्चिमतिर जानुभयो कहीँ सम्पर्क छैन । कहीँ सम्पर्क नभएपछि बैठकै नभएपछि अब के गर्ने ? सचिब पनि सम्पर्कमा छैन भनेपछि हामीले अर्को भेला ग¥यौँ । त्यो भेलामा हामीले ओलीको ठाउँमा सीपीलाई सचिव बनायौँ । सीपीलाई सचिब बनाउँदा उहाँले काबाही भनेके त्यही हो ।

भूमिगत भेला छ । चार महिना भयो बैठक हुँदैन । कहीँ खोज्दाखेरि उहाँको सम्पर्क मिल्न सकेन । उहाँ बिराटनगर आएर बिराटनगरबाट गोरखपुर हुँदै नैनतालतिर पुगिसक्नुभएछ । कहाँबाट सम्पर्क हुने त्यहाँ ? त्यो भएपछि हामीले सीपीलाई सचिव बनायौँ र उहाँ पत्ता नलागेको हुनाले भेटेपछि कुरोकानी गर्ने । गिरफ्तार हुनु भएको त थिएन । भेटेपछि कुरोकानी गर्ने भनेर उहाँलाई हटाइयो । त्यसैलाई उहाँले कार्वाही भन्ने ठानेको हो । बैठकै नराख्ने चार चार महिना । भूमिगत हामी १५÷१५ दिनमा बैठक बस्थ्यौँ । त्यो पन्ध्र दिनमा बस्ने बैठक चार महिनामा पनि बैठक राख्न नसकेपछि त उहाँलाई हटाउनै पर्ने स्थिति आयो ।

त्यो हटाएकोभन्दा उहाँसँग अरु कार्वाही केही पनि भएको होइन । हटाइयो । पछि  दमन भयो । चर्किदै आएपछि हामी सबै गिरफ्तारमा प¥यौँ । उहाँहरु पनि पछि गिरफ्तार भएपछि जेलमा भेट भयो । जेलमा भेट भएपछि त्यो हिजोका कुरा त सकिहाले । त्यहाँबाट हामी नयाँ रुपले अगाडी आयौँ । त्यसैलाई उहाँले अहिले फुटबुट्टा के जोडेको हो भने त्यसबेला मलाई कार्वाही गरेर लछारपटार लगाएनन् अहिले पनि लछारपटार लगाउँदैनन् । आन्दोलन नै लगेर डुबाइसक्नुभयो । यो विघटन गरेपछि त आखिर आम जनतामा उहाँले गरेको विघटन ठीक हो भन्ने जनमत आउने सम्भावना त कसैले पनि देख्दैन । चुनाव होला ।

चुनाव भए पनि गिरीजाप्रसादले पनि विघटनपछि चुनाव भयो हार्नुभयो नि । नेपाली कांग्रेसजस्तो स्थापित पार्टी त अनावश्यक रुपले पार्टी किचलो गरेर मध्यावधि गरेवापत सजाय जनताले गिरीजाप्रसादलाई दिए यिनीहरुलाई चाहिँ जनताले पुरस्कार दिन्छन् ? हुँदाखाँदाको पार्टी, दुइतिहाइको मतलाई गिराएर जनतामा जाँदाखेरि हिजो मलाई कार्बाही गरेर लछारपाटो लगाएनन् अहिले पनि लछारपाटो लगाउँदैनन् भन्ने आधारमा भोट आउँदैन । आएछ फेरि त्यस्तै भएछ भने ठिकै छ । प्रचण्डहरुले गल्ती गरेका रैछन् भनेर सबैले मान्छन् नि के भो त ? उहाँले नै चुनाब जितेर आउनुहुन्छ । 

कोअर्डिनेशन केन्द्रको सचिव हुँदा त १५ दिनमा बस्ने बैठक ४ महिनासम्म नबसाल्ने प्रबृत्ति त त्यहिबेलादेखि रहेछ हैन ? 
त्यो त त्यतिबेलाका कुरा थाहा पाउने हो भने धेरै त बिति पनि सके  । त्यतिबेलाको कुरा थाहा पाउने सीपी अहिले पनि जीवित छन् । हर्क खड्का अहिले पनि जीवित छन् । नरेश खरेल अहिले पनि जीवित छन् । त्यो कमिटीमा भएकै मान्छेमा हर्क खड्का, नरेश खरेल, सीपी मैनाली, म आफू भैहालेँ , ओलीजी अरु कोको थिए सम्झिनुपर्ने हुन्छ । ती मान्छेहरु अहिले पनि छन् । मोहनचन्द्रजी पश्चिमतिर गैसक्नुभएको थियो तर पनि बैठकै नराख्ने कुरा मोहनचन्द्रलाई पनि थाहा होला । उहाँ पनि सँगसँगै कमिटी बनेको एक दुई  महिनापछि उहाँ  पनि डिस्कन्ट्याक हुनुभयो ।

काठमाडौँ आउनुभयो कहाँ जानुभयो पछि पश्चिम जानुभयो । मोहनचन्द्रलाई नै खोज्ने नाउँमा उहाँ नैनताल पुग्नुभयो । अब कहाँबाट झापामा बैठक हुन्छ ? त्यसो भएपछि उहाँलाई कुनै अभियोग लगाएर सदस्यता खारेज गर्ने भएको थिएन । उहाँलाई कमिटीबाट हटाएको हो । कमिटीबाट हटाएको पनि बहालवाला सचिव उपस्थित नभइ हटायो कार्वाही ग¥यो असहमत हुने त भयो । चार महिनासम्म बैठक नराखेपछि नहटाएर अर्को बैठक नराखेर त नहुने भयो । बैठक त राख्न पर्ने भयो । त्यो उहाँले अहिले भने पनि त्योलाइ अहिलेको स्थितिले जायज बनाउछ भन्ने मलाई लाग्दैन । 

रामनाथ दाहालको कुरा सुरुमै गर्नुभयो । उहाँको घरमा पढ्नुभयो । बस्नुभयो । रामनाथजी सहिद भएपछि उहाँलाई त्यो व्यवस्था पार्टीले कि तपाइहरुले गर्नुभयो या उहाँ आफैले गर्नुभयो ? 
त्यसपछि त भूमिगत भइहाल्नुभयो नि । भूमिगत भएपछि त जहाँ गयो त्यहीँ खायो । रामनाथ पक्राउ पर्नुभन्दा एक दुई महिना अगाडि दुबै भूमिगत थिए । भूमिगत हुँदा हुँदै घर जाने सिलसिलामा घरको नजिकै बाटोमा पुलिस देख्नुभएछ । पुलिस देखेपछि रामनाथजीलाई के लाग्यो भने अब घरमा पुलिस आए, पक्रेर लगिहाल्छ भन्ने भन्दा पनि म यसो अलगढलक भएको थिएँ । घरमा पुलिस किन आएछ भनेर यसो सोधपुछ गरेर पठाइदिन्छु भनेर उहाँ घरतिर लाग्नुभयो । त्यतिखेरै ओलीजीलाई भाग भनेर भन्नुभयो ।

ओलीजी भागे । त्यतिखेरै ओलीजी भूमिगत हुनुहुन्थ्यो त्यस कारण उहाँलाई कसैले पाल्नु परेन पनि । जनताकै बीचमा जानुभयो । जहाँ गयो त्यहिँ खानुभयो । बाहिर जानुभयो । बाहिरै कमाएर खानुभयो । उहाँलाई कुनै घरमा लगेर राख्नुपरेन । मेरो अन्दाजमा ६ देखि १० कलाससम्म त रामनाथजीकै घरमा बसेर उहाँले पढेको हो । त्यतिखेर उहाँको आर्थिक स्थिति सम्पन्न भएरै होइन कि विपन्न भएर हो । बुवाआमा सानैमा बित्नुभयो । दुःख कष्टको हिसाबले भन्ने हो भने त नेपालका पोलिटिकल नेताहरुमध्ये दुःख पाएकै नेता हो उहाँ । गरिब परिवारबाटै आएको मान्छे । आमा बितेपछि स्वभावैले दुधकटुवा हुनुभयो । जिउ सानो भयो । आमाकै दुध खान नपाएर पछि गएर उहाँलाई अल्सर भयो । ग्यास्टिक भयो । टिवी भयो । बच्चाकालमा आमाको दुध साह्रै पौष्टिक चिज हो भन्छन् । त्यो नभएपछि उहाँलाई टिवी हुने आाधार पनि त्यहि भयो । पछि जेलमा पनि अल्सर टिबी सारा कुराले ग्रसित बनाएर झण्डै सिद्धिनुभयो । बल्ल बल्ल बाँचेर आएको मान्छ्े त्यो स्थितिबाट गुज्रेको मान्छे हो । दुःख नपाएको होइन । 

जेलमा हुँदा उहाँ जति बिरामी हुनुभयो नि कत्तिको सेवा गर्नु भयो ? कसले बढी सेवा गथ्र्यो त्यतिबेला ? 
अब यो मैले धेरै भनेको छु । यो भन्दा भन्दा कस्तो भने केपीको यो सेवकै रहेछ भन्ने जस्तो हुनेबेला भयो । त्यतिखेर स्वास्थ्यको हिसाबले उहाँको स्थिति नाजुक थियो । टिबी थियो, अल्सर थियो, हर्सा कि के हो दिसाबाट रगत जान्थ्यो, मुखबाट पनि रगत जान्थ्यो । पञ्चायती शासन भएर पनि त्यतिखेर धेरै समय उहाँलाई फेबर गरेकै हो । त्यो औषधिले गर्दा पछि उहाँ टिक्नु पनि भयो । औषधी सँगै खानेकुरा पनि राम्रो चाहियो । हामी जेलमा ६०/६५ जनालाई डेढ माना उसुनेको चामल दिन्थ्यो । त्यो चामलले कति उहाँलाई हामी भिटामिन खुवाउन सक्थ्यौँ ? घरबाट जस जसको पैसा आउँथ्यो ती पैसा ओलीजीकै लागि हित गरेर उहाँको स्वास्थ्य सुधारिएको हो । त्यतिबेला उहाँ बिरामी हुँदा बिरामीलाई सेवा गर्ने कुरो त गरेकै हो । अरु साथीहरुले पनि गर्नु भयो । मैले पनि गरेको हुँ तर सबभन्दा धेरै मैले नै गरेको हुँ । अब त्योबारेमा धेरै बताएर पनि साध्य छैन के । 

त्यो सहयोग गर्ने साथीहरुलाई दुईचोटी प्रधानमन्त्री हुनुभयो ओलीजी । कत्तिको सम्झनुहुन्छ ? 
अहिलेसम्म उहाँको भाषण, काम, कुरोमा न रामनाथको बारेमा कहिल्यै चर्चा गर्नुभएको छ । बरु बाबुकोबारेमा चर्चा गर्नुभयो होला । किनभने बाबुको न्यानोपन त उहाँले त्यति पाएको होइन । उहाँले अर्की ल्याउनुभयो । उहाँ बडाबाउकहाँ बस्नुहुन्थ्यो । बडाबाउले पाल्नुहुन्थ्यो । त्यहाँबाट पछि रामनाथले लगेर  पाले  । भनेपछि जेलमा उहाँले क कसको सहयोग पाउनुभयो उहाँलाई नै सोधे धेरै राम्रो । तर उहाँले जेलमा भएका कुनै पनि साथीहरुलाई साथीको रुपमा लिनुभएको छैन । झापा आन्दोलनबाट आएका मध्येमा अलिकति आँखा परेको भनेको नारद वाग्ले जसलाई राजदुत बनाइएको छ । उहाँलाई एउटा झापा आन्दोलनको साथीको रुपमा भन्दा पनि नारदबहादुरजी अलि अलि डिप्लोम्याटिक टाइपको मान्छे  । सबैसँग जी हजुर गरेर बोल्ने । ओलीजीसँग भेट्दाखेरि कामरेड हजुर ज्युहजुर भनेर अलि झुकेर कुरा गर्ने ।

उहाँको अन्डरमा भएको क्यारेक्टर देखाएपछि त्योलाई चाहीँ उहाँले हात थाप्नुभयो । अरु जो साथी कामरेड कामरेड भनेर ठाडै हात मिलाउन जान्थे ती मान्छेलाई उहाँले बुझ्नुभएको छैन । त्यो उहाँको स्वभावकै कुरो हो । उहाँ आफूलाई साह्रै माथिको बोस ठान्ने । साह्रै माथिको बोसलाई सम्मान अरुले गर्ने हो भने त्योलाई पनि धन्यवाद दिने । होइन भने त्योलाई आँखा तर्ने खालको स्वभाव उहाँको पहिलेदेखि नै हो । अहिले त्यहि भएको हो । प्रचण्ड माधवहरुले उहाँलाई बोस मानेन् । त्यस कारण उहाँ लखेट्न लाग्नुभयो ।  

नेकपाभित्रको अन्तर्विरोध जसरी सुरु भएर आज यहाँ आईपुग्यो किन यति छिटो अन्त्य हुने दिशामा पुगेको हो ? 
मैले देख्छु एक नम्बरमा नेकपालाई यो परिणाममा ल्याउने दायित्व त ओलीजी नै हो । ओलीजीको मनमा त्योभन्दा कन्सेस गर्ने कुनै ठाउँ नै छैन । उहाँकै दायित्व हो  किनभने उहाँ पहिलो अध्यक्ष देशकै प्रधानमन्त्री । आफू मन  पनि अरुभन्दा सिनियर ठान्ने । सिनियरको जिम्मेबारी पहिलो हँुदैन ? उहाँ कति चोटी कम्फर्माइ हुँदै यहि भदौ २६ गते पनि कम्फर्माइज भएर बसे । त्यो कम्फर्माइज तोड्ने त ओली नै हो नि । पोहोर मंसिरको सम्झौता अनुसार गर्ने भनेर भदौ २६ गते घोषणा भयो त्यसपछि २८ गतेबाट भटाभट आफ्नो निर्णयहरु गर्न थाल्नुभयो ।  त्यस कारण यी सबै कुराको खेदो खन्ने जस्तो ढाँट कुरो गर्नुभयो ।

जस्तो कि अस्ती मंसिरको अन्तिममा संवैधानिक परिषदको बैठक राख्नुभयो । केही निर्णय गरेको छैन भनेर अध्यादेश ल्यायो । केही निर्णय भएको छैन भन्नुभयो । अहिले पार्लियामेन्ट डिजल्भ गरेपछि त त्यसदिन बेलुका ४५ वटा पद निश्चित गर्ने निर्णय भइसकेको रहेछ । राजकीय नेताले यसरी झुट बोलिसकेपछि यदि उहाँ मिलेर बसको भए त्यो झुठलाई कसरी पुष्टि गर्नुहुन्थ्यो ? अहिले  त फुटि नै सक्यो । पुष्टि गर्नु परेन । त्यो पनि भोली पार्लियामेन्टले के  गर्छ त्यो कुराहरुले पछि फेरि नयाँ रुप लिन सकछन् । मैले बुझेको के हो भने राजनीतिमा ढाँट्नुहुँदैन । कुनै कुनैमा अलिकति केही ढाँटीहाले पनि त्यसको आत्मआलोचना नगर्ने हो भने ढाँट ब्यापार होइन राजनीति भनेको  ।

राजनीति इमान्दारितामा चल्ने हो । नैतिकतामा चल्ने हो । बिश्वासमा चल्ने हो । टिमवर्कमा चल्ने हो । एक्लै गरेर पनि केही हुने होइन । उहाँले भनेजस्तो सबै मैले नै गरेको हुँ पनि होइन । मैले भनेकै सबैले मान्नुपर्छ । राजाले त सबैले भनेको नमानेर राजतन्त्र गयो । राजाले सबैले भनेको मानेको भए राजतन्त्र जाँदैनथियो । भनेपछि ओलीजी त जनताको प्रतिनिधिको रुपमा आएको हो । पार्टीको विभिन्न नेताहरुमा एउटा नेता भएको हो । पार्टीको अध्यक्ष भन्ने ििबत्तिकै पार्टी नै अध्यक्ष त होइन नि । त्यो पार्टीको अध्यक्ष हो । त्यो कुरा चाहीँ उहाँले रियलाइज गर्नुभएन । म नै पार्टी हुँ भन्ठान्नुभयो । त्यस्तो त दुनियाँमा कहीँ पनि हुँदैन । अध्यक्ष नै पार्टी त हुँदैन । पार्टीको केही कुराहरु बाहिर ल्याउने भूमिका उसको हुन्छ । तर अध्ययक्ष नै पार्टी होइन । 


०६२/०६३ को जनआन्दोलनमा दिइएका अभिव्यक्ति हेर्दा कैयौँ नेताहरु के भन्छन् भने उहाँ गणतन्त्रको पक्षधर नै होइन । उहाँलाई गणतन्त्र नै भारी भयो त्यो पदमा पुगेर भन्नुहुन्छ । तपाई के भन्नुहुन्छ ? 
त्योलाई त्यसरी भन्ने भन्दा पनि उहाँ प्रधानमन्त्री पदमा आउनुभयो । त्यो उहाँको क्षमताभन्दा बाहिरको कुरा भयो । क्षमताले धान्न सकेन के । त्यसभित्रका अरु अन्तर कुन्तरहरु कति छन् आफ्नो ठाउँमा होलान् । त्यतिखेर उहाँले के भन्नुभएको थियो । के भन्नु भएको थिएन भनेर भन्न त बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने तर्क पनि बजारमा थुप्रै छन् । उहाँ सिधै राजतन्त्र ल्याउने पक्षमा भन्ने भन्दा पनि मलाई लाग्छ उहाँका कतिपय गतिबिधिले त्यसलाई पुष्टि पनि गर्छन् । किनभने संकट झैल्दै गएपछि राजतन्त्र आउँछ भन्ने अर्थमा ओलीले भूमिका खेलेको हो भन्ने अर्थमा मान्छेहरु निक्लन थालेका छन् । मलाई त्यसो भन्नुभन्दा पनि के लाग्छ भने उहाँको क्षमताले नभ्याएको हो । उहाँलाई क्षमताभन्दा ठूलो बोझा पार्टीले जिम्मा लगाइदियो । अध्यक्ष बनाइदियो । प्रधानमन्त्री बनाइदियो । जसलाई उहाँले बोकेर हिँड्न सक्नुभएन । 

अन्तमा हाम्रो यो अनलाइन मार्फत् पाठकहरुमा के भन्न चाहनुहुन्छ ? 
देश संकटमा गयो । म यहाँको  समाचारदैनिकमार्फत के आग्रह गर्न चाहन्छु भने देश अब फेरि अस्थिरताको भूमरीमा नजाओस् । न्यायलयले पनि उचित भूमिका खेलेर अस्थिरताको भूमरीमा जाने बाटोबाट रोकोस् भन्ने मलाई लाग्छ । अहिले पनि नेकपाका नेताहरु जता जता गए पनि गल्ती अपराध जे जे भए पनि फेरि सोँची सम्झी देशलाई सही बाटोमा लाने अनि आत्मा आलोचित हुँदै जिम्मेबारी भएर एकढिक्का भएर उभिने ठाउँमा उहाँहरु पुगुन ।

अहिले जे छ त्यहि त्यहिमा त उहाँहरु बस्न नसक्ने हुनुभयो । त्योलाई हरेरफेर गरेर पार्टी एकढिक्का बनाउनुभयो भने जति चोट लागेको छ त्यो चोटलाई मल्हम लगाउँदै अगाडि जाँदा देशले पार्टीले आन्दोलनले केही भूमिका खेल्न सक्थ्यो कि ? त्यसबारेमा सबैले पर्नबिचार गरिदिउन र खास गरि अदालतलाई पनि म के आग्रह गर्न चाहन्छु भने देशलाई संकटको भूमरीमा लान यो राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति संसदीय व्यवस्था अब के हुन्छ भन्ने भन्दा पनि नेपालको संविधानमा के लेखिएको छ भन्ने कुरा न्यायधिशको ब्रम्हले कोट्याइदियो भने सायद त्यति धेरै ठूलो भूमरीमा देश जाँदैन भन्ने आग्रह गर्न चाहन्छु र त्यो दिशातिर सुनुवाई हुन्छ भन्ने विश्वास पनि गर्न चाहन्छु । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर