ओली समूहको केन्द्रीय सदस्यबाट आफ्नो नाम हटाउन माग 

काठमाडौं । नेकपा विभाजनपछि ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष गरी दुई भागमा विभाजित भएको नेकपामा अहिले धेरैलाई कतातिर जाने भन्ने अन्यौलता बढेको छ । त्योसँगै आफूलाई थाहा पत्तो नै नदिई ओली पक्षले आफ्नो नाम केन्द्रीय कमिटीमा राखेको भन्दै तत्काल आफ्नो नाम हटाउन धेरैले माग गरिरहेका छन् । 

नेकपाका प्रदेश नं. २ का प्रदेश कमिटी सदस्य सुन्दर बहादुर विक र प्रदेश कमिटी सदस्य, जिफन्टका अध्यक्ष कमलेश झाले आफ्नो नाम ओली पक्ष नेकपाको केन्द्रीय सदस्यमा राखेको प्रति आपत्ती जनाएका छन् । उनीहरुले हस्तलिखित विज्ञप्ती जारी गर्दै आफ्नो नाम तत्काल हटाउन माग गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर