• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

श्रीमतीलाई एनिभर्सरीमा उपहार चन्द्रमामा ३३ रोपनी जग्गा

एजेन्सी । राजस्थानका अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अनिजा आज भोली चर्चामा छन् । उनले श्रीमतिको चन्द्रमामा जग्गा किन्ने सपना साकार गरेका छन् । 

उनले २४ डिसेम्बरमा आफ्नो आठौँ बैवाहिक एनिभर्सरीमा श्रीमतीलाई चन्द्रमाको ३३ रोपनी जग्गा किनेर  उपहार दिएका हुन् । 

उनले बीबीसीसँग कुरा गर्दै भने – मैले अघिल्लो वर्ष नै अब आउँने एनिभर्सरीमा श्रीमतीलाई चन्द्रमामा जग्गा किनेर उपहार दिने सोच बनाएको थिएँ । यो सपना पुरा गर्न धेरै सजिलो थिएन । लाखौँ प्रयासपछि सपना साकार भएको हो । 

उनले श्रीमती सपना अजिना भन्छिन्–उपहारमा चन्द्रमाको जग्गा पाएर म निकै खुसी भएको छु । सायद, संसारकै भाग्यमानी महिला म नै हुँ । खुसीको कारण रुन मन लागेको छ । 

 

्र

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर