• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोना महामारीबीच विश्वभर नयाँ वर्ष २०२१ को भव्य स्वागत [फोटोफिचर]

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ । विश्वका थुप्रै देशहरुमा यस वर्ष नयाँ वर्षको पहिलो दिनको अघिल्लो साँझ(न्यू इयर इभ) त्यति रमाइलो गरी मनाइएन । विश्वका धेरैजसो मानिस वर्ष २०२० लाई बिर्सिएर नयाँ वर्षमा प्रवेश गर्न आत्तुर छन् । न्यू इयर इभमा अघिल्ला वर्षहरुमा परम्परागत आतिशबाजी, मानिसहरु भेला हुने र उत्सव मनाउने गर्थे, तर यस वर्ष कोरोना महामारीका कारण प्रतिबन्धहरुका बाबजुद इभ मनाइएको छ । 

इजिप्टको काइरोस्थित निल नदीको पुलमा गरिएको आतिशबाजी । तस्विरः मोहम्मद एबिड इल घानी, रोयटर्स

हरेक वर्ष अस्ट्रेलियाको सिड्नी हार्बरमा करिब १० हजार मानिस वार्षिक आतिशबाजी हेर्न आउँथे, तर यस वर्ष सरकारले घरमै टेलिभिजनबाट आतिशबाजी हेर्न आग्रह गरेको थियो । तस्विरः मार्क बेकर, एपी

ग्रिसको एथेन्स सहरमामा बिजुलीका साना बल्भबाट बनाएको २०२१ को अगाडी एक जोडी तस्विर खिचाउँदै । तस्विरः लुइजा गोउलीमाकी, एएफपी

ताइवानको राजधानी ताइपेइस्थिति एक भवनबाट गरिएको आतिशबाजी । तस्विरः चियाङ यिङ यिङ, एपी 

न्यूजिल्याण्डको हगले पार्कमा नयाँ वर्षको स्वागतको अवसरमा द ब्ल्याक सिड्स ब्याण्डको प्रस्तुती हेर्दै मानिसहरु । तस्विरः इर्नेस्ट कुङ, एपी

रुसको राजधानी मस्कोस्थित क्रेमलिन टावरहरुका पछाडि गरिएको आतिशबाजी, उक्त क्षेत्रमा मानिसहरुले आतिशबाजीको प्रत्यक्ष अवलोकन गर्नबाट रोक लगाइएको थियो । तस्विरः इभगेनिया नोभोझेनीना, रोयटर्स 

पाकिस्तानको लाहोरमा नयाँ वर्षको स्वागतमा मैनबत्ती प्रज्वलन । तस्विरः के.एम. चौधरी, एपी 

उत्तर कोरियाको राजधानी प्योङयाङमा नयाँ वर्षको स्वागतमा गरिएको आतिशबाजी हेर्न भेला भएका मानिसहरु । यस देशमा कोरोनाका संक्रमित नभएपनि मास्कको प्रयोग अनिवार्य गर्छन् । तस्विरः एसीएनए 

दुबईस्थित विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा गरिएको आतिशबाजी । तस्विरः अहमद जदल्लाह, रोयटर्स

नयाँ वर्षको स्वागतमा बेलायतको राजधानी लण्डनस्थित टावर ब्रिजमा देखिएको चम्किलो प्रकाश । तस्विरः सिमोन डसन, रोयटर्स

जर्मनीको ब्रान्डेनबर्ग गेटमा गरिएको कलात्मक आतिशबाजी । तस्विरः जेन म्याकडोउगल, एएफपी

फ्रान्सको राजधानी पेरिसस्थित आर्क डि ट्रिओम्फमाथि देखाइएको आतिशबाजी । तस्विरः बेनोइट टेसियर, रोयटर्स

स्पेनको राजधानी मड्रिडमा नयाँ वर्षको स्वागतमा पुइर्टा डेल सोल स्क्वायरमाथि गरिएको आतिशबाजी । तस्विरः पाब्लो ब्लाजक्विज डोमिनगुइज, गेटी इमेज

नेदरल्याण्डको रोटर्डममा इराजसमस ब्रिजमा गरिएको आतिशबाजी । तस्विरः जास्पर जुइनेन, गेटी इमेज

मेक्सिको सिटीमा आतिशबाजी । तस्विरः हेनरी रोमेरो, रोयटर्स

ब्राजिलको राजधानी रियो दि जेनेरियास्थित कोपाकाबाना तटबाट एक जोडी आतिशबाजी अवलोकन गर्दै, लुकास लान्डउ, रोयटर्स 

अमेरिकाको राजधानी न्यूयोर्क सहरको मनहाट्टनमा टाइम स्क्वरमा नयाँ वर्ष स्वागतको काउनडाउनसँगै रंगीन कागजका टुक्रा उडाइँदै । तस्विरः जिनाह मुन, रोयटर्स 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर