नेकपा विघटनको विपक्ष र एकताको पक्षमा लाग्न कार्यकर्तालाई ज्ञवालीको निर्देशन

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले नेकपा विभाजन नभएको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन हुँदैमा पार्टी विभाजन भएर सडकमा जानुपर्ने अवस्था नरहेको बताए ।

शनिबार पाल्पाको तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले पार्टीभित्रको असन्तुष्टि र संसद विघटनका विषयमा चित्त नबुझेमा एकठाउँमा बसेर समाधान गर्न सकिने हुँदा सबै कार्यकर्तालाई विघटनको विपक्ष र एकताको पक्षमा लाग्न निर्देशन दिए ।

उनले नेकपा मुलधारमै रहेको हुँदा माथिल्लो तहका केही नेताहरु असन्तुष्ट भए भन्दैमा निरास नहुँन पनि सबै कार्यकर्तामा अनुरोध गरे ।  पार्टी भित्रैबाट प्रधानमन्त्री प्रति अविश्वासको प्रस्ताव राख्ने तयारी भएका कारण देशले नचाहेको परिस्थिती उत्पन्न भएको ज्ञवालीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर