प्रधानमन्त्रीले भनेको प्रचण्डले मानेको भए पार्टी विभाजनमा जाने थिएनः मन्त्री पोखरेल 

तुलसीपुर । नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी विभाजनको मुख्य कारण पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई लगाएका छन् । 
आइतबार तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीले आफूमाथि लगाएको आरोप पत्र फिर्ता लिन प्रचण्डलाई भनेका थिए, उनले त्यत्ति गरेका भए आज पार्टी विभाजनमा जाने थिएन ।’ 

पार्टीमा एकता कायम राख्नका लागि आफूहरुले निकै मेहेनत गरेको उल्लेख गरे । मन्त्री पोखरेलले भने, ‘पार्टीमा विभाजन रोक्न मैले र महासचिव विष्ण पौडेलले निकै मेहेनत गरेका थियौं ।’ मन्त्री पोखरेलले पार्टी फुटाउन ४० प्रतिशत चाहिने तर एघार सय पार्टीका केन्द्रीय सदस्य बनाइएपछि कसैलाई पनि पार्टी फुटाउन बहुमत नहुने भएपछि कमिटी विस्तार गरिएको स्पष्ट पारे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर