चितवन: लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डहरुले माइतीघरको सडकमा बसेर ‘हामी यहाँ छौं’ भनेको सुनेको बताए ।
चितवनमा आयोजित ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री पोखरेलले नजिकिँदो चुनावसँगै प्रचण्ड चितवन जिल्लामै कैद हुने बताए । उनले भने, ‘प्रचण्ड कहिले सिरहा पुग्नुहुन्छ, कहिले चितवन, निर्वाचनैपिच्छे उहाँले ठाउँ परिवर्तन गरिरहनु हुन्छ । यो पटक उहाँ चितवनमै कैद हुनुहुन्छ सायद ।’
प्रचण्ड माधव पक्ष सडकमा ‘हामी यहाँ छौं’ भनेकोप्रति कछाक्ष गर्दै पोखरेलले भने, ‘पार्टी विभाजनपछि कहाँ जानुहुन्छ होला भनेको त उहाँहरु त माइतीघरको सडकमा पो ‘हामी यहाँ छौं’ लेखेको प्लेट छातीमा टाँसेर बस्नु भाको रैछ ।’ उनले थपे, ‘अझै नसच्चिए उहाँहरु सडकमै जाने हो ।’
ओली देश दौडाहामा लागेको स्मरण गर्दै प्रचण्ड अब के गर्छन् होला भन्ने प्रश्न गरे । प्रचण्डले सधैंभरी सम्बन्धलाई उपयोग गर्न खोज्ने आरोप लगाए । पोखरेलले ‘यो पटक पनि माधव र झलनाथको डाढमा टेकेर प्रचण्डको टाउकोमा हानेका छन् । यो उनको पुरानो बानी हो, अरुलाई प्रयोग गर्ने ।
टीकापुर । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ
वाग्मती । राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष
कर्णाली । बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तर्गतको
प्रतिकृया दिनुहोस