पाल्पाको ऐतिहासिक भैरवनाथ मन्दिरको पुन: निर्माण सुरु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं ४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको  पुन: निर्माण तथा जिर्णोद्दार सुरु गरिएको छ । मंगलबार मन्दिरमा तान्त्रिक विधीमार्फत क्षमा पुजा गरि गजुरलाई हटाएर  पुन: निर्माणको काम सुरु गरिएको छ ।

पुरातत्व विभागको मापदण्ड अनुसार राष्टिय  पुन: निर्माण प्राधिकारणले २ करोड ६४ लाख २७ हजार नौ सय २८ रुपैयाँको लागतमा मन्दिर पुन: निर्माणको ठेक्का सम्झौता भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले जानकारी दिए । आगामी बैशाख मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको भएपनि  पुन: निर्माणको समयमा दर्शनार्थीका लागि वैकल्पिक विधीमार्फत दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । 


करिब ५ सताब्दी पुरानो मन्दिर मणिमुकुन्द सेन प्रथमले वि.स.१५८० देखि निर्माण सुरु गरि १६१० मा निर्माण सम्पन्न गरेका थिए । धार्मिक र ऐतिहासिक महत्व बोकेको भैरवनाथको दर्शनका लागि देशका विभिन्न जिल्लासंगै भारतबाटसमेत बाक्लो रुपमा भक्तजनको उपस्थिती हुने गर्दछ । भैरवनाथलाई मनोकाक्षा पुरा भएपछि भाकल अनुसार चामलको पिठो र घ्यूबाट बनेका माना पाथीका रोटसंगै त्रिशूल,धजा र पशुवली पनि दिने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर