• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

वायु प्रदूषण बढेकाले  मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मौसममा केहीदिनदेखि आएको परिवर्तनका कारण वायु प्रदूषण बढेको भन्दै मर्निङ वाक नगर्न आग्रह गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् ।काठमाडौंको वायु प्रदूषणले पार ग¥यो खतराको तह, स्वास्थ्य जोखिम बढ्यो

“केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,” उनले भनेका छन्, “यसले श्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई मध्यनगर गरी नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४० मा गरिएको छ । उक्त व्यवस्थाअनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदुषणको अवस्थालाई मध्यनजर गरी आकस्मिकरुपमा निम्नअनुसारका काम गर्नुहुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।”

१–मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौँ ।

२–फोहोरहरुको उचित व्यवस्थापन गरौँ तर फोहोर जलाउने काम नगरौँ, नगराऔँ । कसैले फोहोर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ ।

३–घर बाहिर ननिस्कौँ । निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौँ र कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गरौँ, गराऔँ ।

४–धुलो धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गरौँ, गराऔँ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय, निर्माण कार्यहरु सुचारु गर्दा धूलो धुवाँ नउड्ने वा कम हुने व्यवस्थाहरु गरौँ, गराऔँ ।

५–अत्यावश्यक नभई सवारी साधनहरु नचलाऔँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर