• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नेकपा शक्ति सन्तुलनः प्रदेश–जिल्ला नेता, अल्पमतमा ओली पक्ष (विवरणसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई पक्षमा विभाजन भई आ–आफ्नो पक्षधरता लिने क्रम सचिवालयदेखि जिल्लासम्म देखिएको छ । 

केही नेता, कार्यकर्ता चुनाव चिन्ह, संसद विघटनको सदर वा बदर के हुन्छ ? भनेर कुनै पक्ष लिएका छैनन् । मझधारमा बस्नेको प्रतिशत कमै छ । यद्यपि सचिवालयदेखि जिल्लासम्मको नेतृत्व तह भने अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, र माधव नेपाल पक्षको संख्या बढि छ । 

पुस ५ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले संसदको प्रतिनिधिसभा विघटन गरेपछि दुबै पक्ष पछिल्लो समय सभा, प्रशिक्षण, भेला, छलफल, बैठकहरुमा केन्द्रित भएका छन् । कमिटी अन्र्तगत बहुमत पक्षले अल्पमत पक्ष अथवा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका धेरै नेताहरुमाथि कारवाही गरेका छन् । जुन प्रक्रिया जारी छ । यो पक्षले सबैभन्दा पहिला अध्यक्ष ओलीलाई पुस ७ गते अनुशासनको कारवाही गरेर पार्टी अध्यक्षबाट हटायो । संसद पुर्नस्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रेको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा प्रचण्डलाई चुनेको छ । उता ओली पक्षले पनि कार्यकारी अध्यक्षको पदबाट प्रचण्डलाई बर्खास्त गरी ओलीमा नै अधिकार केन्द्रित गरेको छ ।

सोमबार प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले गण्डकी र लुम्बिनी प्रदेशका इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटायो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई संसदीय दलको नेताबाट हटाएका छन् । त्यहाँ भिमप्रसाद आचार्यलाई दलको नेता बनाएका छन् । प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डलाई हटाएका छन् । त्यहाँ शत्रुघन महतो दलको नेता बनाएका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेललाई दलको नेताबाट हटाएका छन् । त्यहाँ दलको नेता अष्टलक्ष्मी शाक्यलाई बनाएका छन् । 

नेकपा विभाजनको असर ७७ जिल्लामा देखिएको छ । केही जिल्लाका अध्यक्ष र सचिव बाहेक प्रायः जिल्लामा दुवै पक्षतर्फका नेताहरु लागेका छन् ।
..........

यस्तो छ नेकपा विभाजनको अंक गणितः  

अहिले नेकपा प्रचण्ड–नेपाल पक्षमा ४४ जना अध्यक्ष ६३ जना सचिव रहेका छन् । ओली पक्षमा ३१ जना अध्यक्ष र १४ जना सचिव रहेका छन् । 

प्रदेशमा ४ जना इन्चार्ज, ९ सह–इन्चार्ज, ४ जना सचिव प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । ३ जना इन्चार्ज, ५ जना सह–इन्चार्ज ओली पक्षमा रहेका छन् । 

प्रदेश – १ मा प्रचण्ड–नेपाल पक्ष
ताप्लेजुङः
अध्यक्ष – विनय वनेम  
               सचिव – बलबहादुर साम्सोहाङ  
पाँचधरः सचिव– होमप्रसाद जवेगु 
इलामः  सचिव – सोममाया राई  
झापाः सचिव– मणिकुमार साङपाङ 
मोरङः सचिव– गोपिबहादुर अछामि 
धनकुटाः सचिव –ऋषिराम ढुङ्गाना  
तेह्रथुममाः अध्यक्ष– लक्ष्मण तिवारी 
                सचिव – इन्द्रबहादुर ईमसुङ 
संखुवासभाः अध्यक्ष – हेमराज घिमिरे 
                   सचिव – कृष्ण याख्खा 
भोजपुरः सचिव – विमल खडका 
सुनसरीः अध्यक्ष – योगेन्द्र मण्डल  
             सचिव – रमेश बस्नेत 
उदयपुरः अध्यक्ष– विनोद कटुवाल 
             सचिव – इश्वरमणी राउत  
ओखलढुङगाःअध्यक्ष–मोहनबहादुर खड्का 
सोलुखुम्बुः सचिव– गोम्बु शेर्पा
खोटाङः अध्यक्ष–देवान चामलिङ 

प्रदेश १ मा ओली पक्ष

पाँचथरः अध्यक्ष– राजकुमार भण्डारी 
इलामः अध्यक्ष– राम राना
झापाः अध्यक्ष– चिन्तन पाठक
मोरङः अध्यक्ष– विनोद ढकाल 
भोजपुरः अध्यक्ष– प्रेमकुमार राई 
ओखलढुङगाः सचिव– मोहन श्रेष्ठ 
सोलुखुम्बुः अध्यक्ष– मानवीर राई  
खोटाङः सचिव– बबि चामलिङ
धनकुटाः अध्यक्ष– राजेन्द्र राई (नखुलेका) 

प्रदेश नं.१ मा प्रचण्ड–नेपाल पक्षमा ७ जना अध्यक्ष र १२ जना सचिव रहेका छन् । ओली पक्षका ६ जना अध्यक्ष रहेका छन् । २ जना सचिव रहेका छन् । एक जना अध्यक्ष अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् । 

प्रदेश २, प्रचण्ड–नेपाल पक्ष

सप्तरीः अध्यक्ष– अशोक मण्डल
            सचिव– गोविन्द न्यौपाने
सिराहाः अध्यक्ष– रामकुमार यादव
             सचिव– प्रमोदनारायण यादव 
धनुषाः सचिव– श्रवण यादव 
महोत्तरीः अध्यक्ष– राजु खडका 
सर्लाहीः अध्यक्ष– रेवती पन्त
            सचिव– डाचाराज वाग्ले  
रौतहटः अध्यक्ष– कमल यादव, सचिव– युवराज भट्राई  
बाराः अध्यक्ष– छत्रबहादुर श्रेष्ठ 
        सचिव– सुन्दर विश्वकर्मा 
पर्साः सचिव– विजय महतो 

प्रदेश २ मा ओली पक्ष 

पर्साः अध्यक्ष– प्रभु हजारा 
धनुषा: अध्यक्ष– राजकिशोर यादव 
मोहत्तरीः सचिव– सौकिलाल यादव 

प्रदेश २ मा ओली पक्षमा तीन जिल्लामा दुई अध्यक्ष र एक जना जिल्ला सचिव रहेका छन् । बाँकि पाँच जिल्लामा ओलीको अध्यक्ष सचिव छैन । यो प्रदेशमा ८ जिल्ला रहेका छन् । 
प्रदेश २ मा  ६ जना अध्यक्ष प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । ६ जना सचिव पनि यहि पक्षसंग रहेका छन् । २ जना अध्यक्ष र एक जना सचिव ओली पक्षमा छन् । रौतहटमा सचिवको पद रिक्त रहेको छ ।

बागमति प्रदेश, प्रचण्ड–नेपाल पक्ष

सिन्धुलीः अध्यक्ष– राजन दाहाल  
            सचिव– प्रदिप कटुवाल 
दोलखाः सचिव– गोपाल पाण्डे 
रामेछापः अध्यक्ष–मदकुमार मोक्तान
            सचिव– शान्तिप्रसाद पौडेल 
सिन्धुपाल्चोकः अध्यक्ष– झम्क नेपाल 
काभ्रेपलान्चोकः अध्यक्ष– रुकु चौलागाई 
            सचिव– टोकबहादुर वाइवा 
नुवाकोटः अध्यक्ष– हिमाल खतिवडा 
            सचिव– नारायण खतिवडा
रसुवाः अध्यक्ष– कन्याल तामाङ 
            सचिव– इन्द्र गोतामे 
धादिङः सचिव– धनबहादुर बुर्लाकोटी 
चितवनः अध्यक्ष– यमबहादुर परियार
            सचिव– कृष्णभक्त पोखरेल
मकवानपुरः अध्यक्ष– मुनु सिग्देल 
            सचिव– प्रेमबहादुर पुलामीमगर 
काठमाडौंः सचिव– हिमाल शर्मा 
ललितपुरः सचिव– राजकाजी महर्जन 
भक्तपुरः सचिव– डिपी ढकाल

बागमतिमा ओली पक्ष

काठमाडौंः अध्यक्ष– कृष्ण राई 
ललितपुरः अध्यक्ष– हरिकृष्ण व्यञ्जनकार 
भक्तपुरः अध्यक्ष–बचन देउजा 
दोलखाः अध्यक्ष– ईश्वरचन्द्र पोखरेल  
सिन्धुपाल्चोकः सचिव– दामा लामा

बागमति प्रदेशमा १३ जिल्लामा  ८ जना अध्यक्ष र १२ जना सचिव प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । ४ जिल्लाका अध्यक्ष  ओली पक्षमा छन् । एक जना सचिव छन् ।
धादिङका अध्यक्षले राजनीतिबाट सन्यास लिएका छन् ।

गण्डकी प्रदेश, प्रचण्ड–नेपाल पक्ष

गोरखाः अध्यक्ष– लेखबहादुर थापा 
कास्कीः सचिव– बखानसिंह तमु 
लमजुङ अध्यक्ष– मधु अधिकारी 
तनहुँः सचिव– राजेन्द्रकेशरी न्यौपाने
म्याग्दीः अध्यक्ष– गोविन्द पौडेल 
            सचिव– हरिकृष्ण श्रेष्ठ  
बागलुङः अध्यक्ष– इन्द्रप्रसाद सापकोटा  
            सचिव– ज्ञामनाथ गैरे  
मनाङः सचिव– वेदबहादुर गुरुङ 
मुस्ताङः सचिव– सत्यनारायण शेरचन  
पर्वतः सचिव– सुदीप कुँवर  
पूर्वी नवलपरासीः मित्रशरण शर्मा
  
गण्डकी प्रदेश, ओली पक्ष

कास्कीः अध्यक्ष– कृष्ण थापा
तनहुँः अध्यक्ष– केदार सिग्देल 
स्याङजाः अध्यक्ष– सूर्यप्रसाद गैरे
            सचिव– मीनबहादुर गुरुङ 
पर्वतः अध्यक्ष– पदम गिरी
पूर्वी नवलपरासीः अध्यक्ष– रोशन गाहा
मुस्ताङः अध्यक्ष– चन्द्रमोहन गौचन
मनाङः अध्यक्ष– पाल्तेन छोयान गुरुङ 
लमजुङः सचिव– धनञ्जय दवाडी
गोरखाः सचिव– प्रेम गुरुङ 

गण्डकी प्रदेशमा ११ जिल्लामा ४ जना अध्यक्ष र ७ जना सचिव प्रचण्ड–नेपाल पक्षमा छन् । यो प्रदेशमा ओली पक्षमा ७ जना अध्यक्ष र ४ जना सचिव रहेका छन् । 

लुम्बिनी प्रदेश, प्रचण्ड–नेपाल पक्ष

बर्दियाः अध्यक्ष– भवनकुमार थारु 
बाँकेः अध्यक्ष– आइपी खरेल 
            सचिव– अशोक कोइराला
दाङः अध्यक्ष टीकाराम खड्का 
            सचिव– तुलसीराम पुन 
रोल्पाः अध्यक्ष– सुरेन्द्र घर्ती 
            सचिव– हरिप्रसाद घर्ती 
रुकुम पूर्वः अध्यक्ष– मेघबहादुर श्रेष्ठ 
नवलपरासी पश्चिमः अध्यक्ष– भविश्वर तिवारी  
प्युठान: सचिव– नारायण अधिकारी 
अर्घाखाँचीः सचिव– ठाकुर विक
गुल्मीः सचिव– वीरबहादुर कार्की 
पाल्पाः सचिव– गिरबहादुर थापा 
कपिलवस्तुः सचिव– रामचन्द्र साह
रुपन्देहीः  सचिव– दधिराम न्यौपाने 

लुम्बिनी प्रदेश, ओली पक्ष

कपिलवस्तु: अध्यक्ष झविलाल पोखरेल
रुपन्देही: अध्यक्ष शिवराज सुवेदी
पाल्पाः अध्यक्ष– नारायण आचार्य
गुल्मीः अध्यक्ष– मधुकृष्ण पन्त
अर्घाखाँचीः अध्यक्ष चेतनारायण आचार्य  
प्युठानः अध्यक्ष– तुलसीराम शर्मा 
बर्दियाः सचिव– हरि ज्ञवाली 
नवलपरासी पश्चिम: सचिव– तुलसी पासी
रुकुम पूर्वः सचिव– सतमान पुन

लुम्बिनी प्रदेशमा १२ जिल्ला छन् । यो प्रदेशमा ६ जना अध्यक्ष र ९ जना सचिव प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । ६ जना अध्यक्ष र ३ जना सचिव ओली पक्षमा रहेका छन् ।

प्रचण्ड–नेपाल पक्ष

मुगुः अध्यक्ष– सुरवीर बुढा 
            सचिव– धर्मबहादुर शाही 
डोल्पाः अध्यक्ष– दत्तबहादुर रोकाया
            सचिव– मालबहादुर रोकाया
हुम्लाः अध्यक्ष लालकेश शाही  
            सचिव– दल रावल 
जुम्लाः अध्यक्ष– वीरबहादुर कुँवर 
            सचिव– तीर्थबहादुर बुढा 
कालीकोटः अध्यक्ष– धनजीत शाही 
जाजरकोटः अध्यक्ष– ढकवीर राना 
            सचिव– करवीर शाही ,
सुर्खेतः अध्यक्ष– धु्रब शाही
            सचिव- कृष्णबहादुर जीसी
दैलेखः सचिव– प्रेम कटुवाल 
रुकुम पश्चिमः सचिव– विमल पुन 
सल्यानः सचिव– कर्णबहादुर बुढा
 
कर्णाली प्रदेश, ओली पक्ष

दैलेखः अध्यक्ष– रवीन्द्र शर्मा 
सल्यानः अध्यक्ष– गोविन्द पुन  
कालीकोटः सचिव– नागिन्द्र शाही

कर्णालीमा १० जिल्ला रहेका छन् । जसमा ८ जिल्लाका अध्यक्ष र ९ सचिव प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । २ अध्यक्ष र १ जना सचिव ओली पक्षमा रहेकाछन् । 

सुदुरपश्चिम प्रदेश, प्रचण्ड–नेपाल पक्ष

अछामः अध्यक्ष– शेरबहादुर कुँवर 
            सचिव– झपटा साउद 
बझाङः अध्यक्ष– मीनबहादुर कुँवर 
            सचिव– दिलबहादर सिंह
डोटीः अध्यक्ष– चक्रबहादुर मल्ल
            सचिव –शैलेन्द्र विक
डडेल्धुराः अध्यक्ष– मानसिंह माल  
            सचिव– तारा जोशी
बैतडीः सचिव– प्रेम भट्ट  
दार्चुलाः अध्यक्ष– गणेशसिंह खत्री 
कैलालीः सचिव – लालबहादुर सोडारी 
कञ्चनपुरः सचिव– तारा लामा ।

सुदुरपश्चिम प्रदेश, ओली पक्ष

बाजुराः अध्यक्ष– कालीबहादुर शाही
            सचिव– भरतबहादुर बुढा  
बैतडीः अध्यक्ष– सुरेन्द्र पाल
कैलालीः अध्यक्ष– रतन थापा 
कञ्चनपुरः अध्यक्ष– वीरबहादुर थापा 
दार्चुलाः सचिव– रामदत्त जोशी 

९ जिल्ला रहेको सुदुरपश्चिममा ५ जना अध्यक्ष र ७ जना सचिव प्रचण्ड–नेपाल पक्षमा रहेका छन् । ४ जना अध्यक्ष र २ जना सचिव ओली पक्षमा रहेका छन् ।
 
प्रदेश इन्चार्ज अध्यक्ष र सचिव
प्रदेश १ प्रचण्ड–नेपाल पक्ष
इन्चार्ज –भिमप्रसाद आचार्य
सहइन्चार्ज– सावित्रिकुमार काफ्ले
सचिव– सुरेश बहादुर राई


ओली पक्ष
अध्यक्ष– देवराज घिमिरे
सहइन्चार्ज –शेरधन राई

प्रदेश नं.२ ओली पक्ष
इन्चार्ज– सत्यनारायण मण्डल
अध्यक्ष–  प्रभु साह
सचिव– सुमन प्याकुरेल

प्रचण्ड–नेपाल पक्ष
सहइन्चार्ज– विश्वनाथ साह

बागमति प्रदेश, प्रचण्ड–नेपाल पक्ष
इन्चार्ज– अष्टलक्ष्मी शाक्य
अध्यक्ष– नारायण दाहाल
सहइन्चार्ज– हितबहादुर तामाङ

ओली पक्ष
सचिव– आनन्द पोखरेल

गण्डकी प्रदेश, ओली पक्ष

इन्चार्ज –पृथ्वी सुब्बा गुरुङ
सहइन्चार्ज– खगराज अधिकारी 
सचिव– गोविन्द नेपाली
सहइन्चार्ज– किरण गुरुङ

प्रचण्ड–नेपाल पक्ष
अध्यक्ष– हितराज पाण्डे

लुम्बिनी प्रदेश, ओली पक्ष
इन्चार्ज –शंकर पोखरेल
सहइन्चार्ज– दलबहादुर राना 

प्रचण्ड–नेपाल पक्ष

अध्यक्ष– ओनसरी घर्ती
सचिव– जगप्रसाद शर्मा 

कर्णाली प्रदेश, प्रचण्ड–नेपाल पक्ष

इन्चाजर्– जनार्दन शर्मा
सचिव– मायाप्रसाद शर्मा
सहइन्चार्ज –प्रकाश ज्वाला
सहइन्चार्ज –कालिबहादुुर मल्ल

ओली पक्ष 
अध्यक्ष– गोरख बोगटी
सहइन्चार्ज –यमलाल कंडेल

सुदुरपश्चिम प्रदेश, प्रचण्ड–नेपाल पक्ष
इन्चार्ज –भिम रावल
सहइन्चार्ज– खगराज भट्ट
सहइन्चार्ज– भानु जोशी
सहइन्चार्ज –लक्ष्मीदत्त जोशी 
सचिव – नेप चौधरी 

ओली पक्ष
अध्यक्ष –कर्ण थापा 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर