सुर्खेत । दाङबाट रिजर्भका लागि सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।
नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए ।
उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको पनि भट्टराइको भनाइ छ ।
‘कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी पाएको छु,’ वडाध्यक्ष भट्टराईले समाचार दैनिकसँग भने, ‘बसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता रहेको र उनको खोजी कार्यमा जुटेका छौं ।’
वडाध्यक्ष भट्टराईकाअनुसार बस नम्बर भने खुलेको छैन् ।
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको
सिरहा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड
प्रतिकृया दिनुहोस