• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संबैधानिक इजलासमा रहेको आफै विरुद्धको मुद्दा छल्दै प्रधानन्यायाधीश 

काठमाडौँ । संबैधानिक परिषद्सम्बन्धी अध्यादेशसम्बन्धी रिटमाथि आज सुनुवाईका लागि पेशी तोक्नु पर्ने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा संबैधानिक इजलास गठन नगरेर छलेका छन् । मुद्दा स्थगित राख्ने या हेर्न नभ्याउने सूचीमा राख्ने विकल्प हुँदाहुँदै उनले आजका लागि संबैधानिक इजलास नै गठन गरेनन् । उनले आज आफ्ना लागि कुनै पनि इजलास तोकेनन् । साताको दुई दिन बुधबार र शुक्रबार संबैधानिक इजलास गठन हुने गरेको छ ।

बालुवाटारबाट सर्वोच्चको मुद्दाको पेशी तोकेर प्रधानन्यायाधीश आराममा बसेका छन् । आफै स‌ंलग्न संबैधानिक परिषद्को बैठकबाट भएको निर्णय र सो सम्बन्धी अध्यादेशमाथि परेको रिटको सुनुवाई गर्दै आदेश जारी गर्नुपर्ने भएपछि यतिखेर प्रधानन्यायाधीश राणा नैतिक संकटमा परेका छन् ।  

आफै संलग्न मुद्दा प्रधानन्यायाधीशले हेर्न नमिल्ने हो । आफूविरुद्धको मुद्दा आफैले हेर्न हुँदैन भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो । तर संबैधानिक इजलासमा प्रधानन्यायाधीशसहितको इजलास गठन हुनुपर्ने व्यवस्था भएकोले उनले सो मुद्दा हेर्नुपर्नेछ । यो मुद्दा सुनुवाइ गर्दा प्रधानन्यायाधीश जबरा बिदामा बसेर केही दिन वरिष्ठतम् न्यायाधीशलाई कामु प्रधानन्यायाधीश बनाएर समाधान खोज्ने विकल्प रहेको छ । तर उनले त्यसो पनि गर्न चाहेनन् । संबैधानिक परिषद् बैठकको निर्णय संबिधानसम्मत थियो कि थिएन भन्ने विषय उनले आफ्नै इजलासमा न्यायिक सुनुवाई गर्नुपर्नेछ । सो मुद्दाको सुनुवाईले उनी माथि नैतिक प्रश्न समेत खडा गर्नेछ । 

निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदनमा संवैधाकि परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य रहेका प्रधानन्यायाधीशलाई पनि विपक्षी बनाइएको छ । शुक्रबार इजलासमा पेस हुने मुद्दा प्रधानन्यायाधीश जबराविरुद्ध समेत हो । तर उनले आज सोही मुद्दाको पेशी तोक्न पर्ने देखेर इजलास नै गठन गरेनन् । उनी सहित संलग्न भएर संबैधानिक परिषदबाट निर्णय भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर