• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रचण्डलाई होइन, ओलीलाई हेग पुर्‍याउनु पर्छ–भीम रावल

तस्विर : समाचारदैनिक

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले प्रचण्डलाई नभइ ओलीलाई हेर पुराउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको अवस्थामा ओली नै हेग जानुपर्ने बताएका हुन् । 

उनले आफुले पार्टीको खाता अपचलन गर भनेर झुटा प्रचार गरेको बताए  । 'पार्टीको खाता व्यवस्थीत गर्दा मलाई रकम हिनामिनाको आरोप लगाइयो,' उनले भने, ओ'लीको साईबर सेनाले कहिले रकम अपचलन त कहिले महिलाको किड्नी हालेर प्रधानमन्त्रीको स्वास्थ्य मा समस्या आएको भनेर मलाई जोड्छन्, यो सवै नियोजित हो ।' 

रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताए , ‘रअका प्रमुख सामन्तसँग अधेरी रातमा भेट्ने ओली भगौडा नम्बर एक हो। घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने केपी ओली हो,’ रावलले भने, ‘उहाँले धनगढीमा भगौडा भन्नुभएछ। म भन्छु भगौडा केपी ओलीको पछि नलागौं।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर