संसद विघटन विरुद्ध आन्दोलनमा होमिन विद्यार्थी नेताहरुको आव्हान

बुटवल  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकटका युवा तथा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनका विरुद्धको आन्दोलन थप चर्काउदै लैजाने चेतावनी दिएका छन । नेपाली जनताको भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओलिले विघट्न गरेको प्रतिनिधि सभा पुर्नस्थापना गराएरै छाड्ने उद्घोष गर्दै उनीहरुले आन्दोलनमा लामवद्ध हुन सबैमा आब्हान समेत गरेका छन । 

शनिवार बुटवलमा वृहत युवा विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रममा वोल्दै युवा तथा विद्यार्थी नेताहरुले असंवैधानिक रुपमा सनकका भरमा संसद विघटन गरी संविधान माथि कु भएको बताए ।  

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको नेकपा निकटका युवा तथा विद्यार्थीहरुको कार्यक्रममा वोल्दै राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष राजु गुरुङले गलत खालका ब्यक्तिको हातमा नेतृत्व जादा मुलुक समस्यामा परेको भन्दै मुलुकको भाग्य र भविष्य निर्माणका लागि संसद विघटनका विरुद्धमा उभिनुपर्ने खाचो औल्याए ।  संसद विघटन गरेरे संविधानमा तथा देशमा नै आगो लगाउने काम भएको भन्दै नेता गुरुङले युवा विद्यार्थीको आन्दोलनले संसद पुर्नस्थापना गराएरै छाड्ने बताए । 

आफूहरु चुनाव देखि नडराएको स्पष्ट पार्दै अहिले चुनाव भन्दा पनि असंवैधानिक कदम सच्चाउनुपर्ने आवश्यकता रहेको बताए । आफूहरु चुनावमा सानदार रुपमा विजय हुने दावी गर्दै बुटवलमा भने अव विष्णु पौडेलले चुनाव जित्न नसक्ने धारणा राखे । प्रदेशको राजधानी कायम गर्ने एजेण्डाबाट पछाडी हटेको तथा अहिले संविधान कार्यान्वयन गर्नुको सट्टा च्यात्ने काम गरेको भन्दै पौडेल अब जनता माझ के एजेण्डा लिएर चुनावमा आउछन भन्ने प्रश्न पनि गरे । 

कार्यक्रममा संघका केन्द्रीय सदस्य सरिता श्रीषले संविधान माथि गरिएको कु का विरुद्ध युवा विद्यार्थी कतै विचलित नभइ आन्दोलनमा उत्रिन आब्हान गरिन । केन्द्रीय सदस्यको फुली नथाप्न र कफन बाधेर आन्दोलनमा उत्रिन पनि उनले विद्यार्थी तथा युवाहरुलाई आब्हान गरिन । 

त्यस्तै युवा संघका अर्का नेता गणेश शाहीले अहिलेको आन्दोलन अग्रगामीहरुको, क्रान्तिकारीहरुको तथा सबै न्यायप्रेमीहरुको रहेको भन्दै  आन्दोलनमा उत्रिन सबैमा आब्हान गरे । 

विद्यार्थी नेता अनुप पोखरेलले संसद पुर्नस्थापना जसरी पनि गराएरै छाडिने भन्दै आन्दोलनमा लामवद्ध हुन विद्यार्थीहरुलाई आब्हान गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर