लागू औषध कारोबारको ‘हटस्पर्ट’ बन्दै झापा 

झापा ।  दिन प्रतिदिन दुव्र्यसनीको संख्या बढ्दै गएसँगै लागू औषध कारोवारमा झापा हटस्पर्ट बन्ने हो कि भन्दै सबै क्षेत्रबाट चिन्ता व्यक्त गर्न थालिएको छ ।  झापामा दिन प्रतिदिन लागू औषध प्रयोग कर्ताको संख्या बढेसंगै प्रहरी अधिकारीहरुले नै चिन्ता व्यक्त गर्न थालेका छन् । विशेष गरी २० देखि ३८ वर्ष उमेर समूहका मानिस कुलतमा फस्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । 

इलाका प्रहरी कार्यालय अनारमनीको मातहतमा मात्रै पछिल्लो एक वर्षमा २९ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल बताउछन् । लागू औषधको बढ्दो दुव्र्यसनका कारण समाज पनि अहिले उत्तिकै चिन्तित बनेको सामाजिक तथा शैक्षिक अगुवा भोजराज दाहालको भनाइ छ । 

कोरोना कहरका कारण सबै सिमा नाका बन्द हुँदा समेत लागू औषध ओसारपसारमा सम्लग्न धेरै युवा पक्राउ समेत परिरहेका छन् ।  अहिले झापामा लागू औषध नियन्त्रणका लागि प्रहरी मात्र होइन आम नागरिक समेत लागि परेका छन् । तर, दिन प्रतिदिन दुव्र्यसनीको संख्या बढ्दै गएसंगै लागू औषध कारोवारमा झापा हटस्पर्ट बन्ने हो कि भन्दै सब क्षेत्रबाट चिन्ता व्यक्त गर्न थालिएको छ ।

यसैबिच, १ नम्बर प्रदेशको झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका–७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर–१४ जतुवाबाट पक्राउ गरेको हो । 

यसैगरी बिराटनगर महानगरपालिका–१६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप–महानगरपालिका–१५ का २१ बर्षीय बिशाल बि.क., धरान–२ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका–५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका–५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक–१६ एम्पुल , फेनारगन–१६ एम्पुल र एभिल–१६ एम्पुल सहित शनिवार दिउँसो पक्राउ गरेको हो । 

यस्तै झापाको मेचीनगर नगरपालिका–१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर