• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रचण्डको नजरमा : बेसुरका ‘बैगुनी’ वामदेब 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) व्यवहारिक रुपले विभाजन भएको आज २२ दिन भएको छ । बहुमत केन्द्रीय सदस्य अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपालसँग छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिक कुन समूहले पाउने बहस भने जारी रहेको छ । 

आधिकारीकताका लागि दुवै पक्षले निर्वाचन आयोग समक्ष आ–आफ्नो दलिल पेश गरेका छन् । आजै पनि प्रचण्ड, नेपाल लगायत नेताहरु आयोगमा छलफल गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि संसद पुर्नस्थापनाका लागि परेको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ । 

नेकपाको यो उथलपुथलका २२ दिनमा अधिकांस नेता, कार्यकर्ताले आ–आफ्नो कित्ताकाँट गरिसकेका छन् । दुवै पक्षले देशभर कार्यक्रम मार्फत् आरोप–प्रत्यारोप उत्रेका छन् । ओलीले ६४ प्रतिशतको प्रधानमन्त्रीको हैसियतमा संसद विघटन गरेकाले पुर्नस्थापना नहुने जिकिर गर्दै आएका छन् । तर पार्टीमा दुई लाइन संघर्ष चलिरहँदा ओली र प्रचण्डतिर यताउता गरिरहेका उपाध्यक्ष वामदेब गौतम यतिखेर ‘एकता अभियान’ भनेर लागेका छन् । 

गौतमले पुस २५ गते ‘नेपाल कम्युनिस्ट पार्टी(नेकपा) एकता राष्ट्रिय अभियान’ अपील जारी गरे । प्रचण्ड–नेपाल र ओली पक्षबीच यतिखेर ‘वार पार’को लडाईं पेचिलो बन्दै गएको छ ।  प्रतिगमन भनेर प्रचण्ड–नेपाल पक्ष सडक, कानुनीसँगै राजनीतिक प्रतिरोधमा उत्रेको छ । उता ओली पक्षले राजनीतिक परिस्थितका कारण संसद विघटन गर्नु परेको दाबी गर्दै आइरहेको छ । 

दुई पक्षको झमेलबाट अलग्गै रहेका गौतम ‘नेकपा एक’ हुन एकले अर्कोलाई सच्चिनु पर्ने उर्दी जारी गर्दैछन् । राजनीतिमा असंभव केही छैन भन्ने एउटा मान्यता त छ । यद्यपि तत्कालै दुवै पक्ष एक हुनेमा गौतमले भने जस्तो सहजै परिस्थिति बन्ने अवस्था देखिदैन । 

आफ्नो मझधारको ‘छबि’ बनाउने धुनमा गौतमले एकताको ‘रट’को अर्थक ति रहला ? त्यसको मूल्याकंन उनले विगतमा खेलेको भूमिकाले समेत पुष्ट्याईं गर्नेछ । गौतमले पार्टी एकतापछि भएका अन्र्तसघंर्षमा अन्तिममा ओलीलाई साथ दिदै आएका । ओलीले गौतमलाई पटक–पटक धोका दिए । अन्ततः गौतम ओलीलाई साथ दिदै आए ।

एउटा बैठकमा प्रचण्डले गौतमलाई तत्कालीन एमालेभित्र ‘किन फुटवल भन्छन् ?’ भनेर बल्ल थाह पाएको बताएका थिए । तर, पार्टी एकतापछि प्रयोग होइन् नेताको रुपमा प्रचण्डले उनै गौतमलाई बढि विश्वास गरेको प्रचण्ड निकट एक नेता बताउँछन् । 

ओलीलाई गौतमले सधै साथ दिए । तर, गौतमलाई ओलीले अन्तिममा कहिल्यै साथ दिएनन् । नवौं महाधिवेशनमा गौतमले ओलीललाई सहयोग गरे । गौतमले ओलीलाई साथ दिनुको कारण थियो कार्यबाहक अध्यक्ष पाउने । एमालेको नौं महाधिवेशन भएको पाँच बर्ष बित्दा समेत गौतमले एक दिन पनि त्यो पद पाएनन् ।

दोस्रो धोका बर्दियाबाट चुनाव हराउन ओलीको हात रहेको गौतमले सार्वजनिक रुपमा भन्दै हिंडे । गठबन्धनमै गौतम बर्दियाबाट चुनाव हारे । जसको अपजस गौतमले ओलीलाई दिन्छन् । 

चुनााव हारेका गौतमको सांसद हुने धित भने मरेको थिएन । उनले उप–निर्वाचको झस्केलाबाट संसद छिर्ने दाउ हेरिरहे । यसका लागि उनी डोल्पा देखि काठमाडौंसम्म ‘राजनीतिक यायावर’ जस्तो बने । उनले चुनाव लड्न पाउने अवस्था आयो । डोल्पा र काठमाडौंबाट । ओलीले दुवै ठाउँमा उप–निर्वाचन नगराउने तयारी गरे । जन दबाब पनि व्यापक भयो । गौतमको सांसद हुने रहरमा ओलीले तेस्रो पटक त्यहीँ ब्रेक लगाइदिए । 

चाैंथो निर्णय भयो तर, राष्ट्रिय सभामा लान ओली सहजै तयार भएनन् । ओलीले २०७६ फागुन १४ मा भएको सचिवालयको निर्णय नमानेपछि गौतमको राष्ट्रिय सभामा जाने रहर क्षण बन्दै गयो । 

पाँचौ उनलाई वैशाख २० गते प्रधानमन्त्री बनाउने आश्वसन दिए ओलीले । जुन कुरा उनी संबैधानिक रुपमा मिल्दैन थियो । गौतम एकाएक हौसिए । गौतमले बुझेनन्, बरु ओलीले उनलाई त्यही ‘कार्ड’ फ्याँकेर आफू नजिक बनाए । गौतम ओलीतिरै लहसिए । सचिवालयमा ओलीले झेलेको समस्यालाई गौतमले मोचन गरिदिए । 

वैशाख १७ को सचिवालयमा बहुमत सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । माग गर्नेमा गौतम अरु भन्दा एक कदम अगाडि थिए । तर २० गतेको सचिवालय बैठकमा प्रधानमन्त्री छोड्नै परे गौतलाई छोड्न बताएपछि उनी त्यही उधारो प्रधानमन्त्रीमा मख्खै परे ।

ओलीले दुवै पदबाट राजीनामा  दिन नपर्ने भनेर गौतमले बोली फेरे । ओली सोही कारण सचिवालयमा ओली बहुमतमा पुगे । उनको राजीनामा ट¥यो । गौतमले पदको लोभ गर्दा वैशाखमा राजीनामा दिनु पर्ने बाध्यताबाट ओली सहज अवस्थामा फर्किए । 

असारबाट नेकपाको स्थायी कमिटी बैठक बस्यो । बैठकले विवाद समाधान गर्ने भन्दा झन् विवाद उत्पन्न ग¥यो । ओलीको राजीनामा पुनः  प्रमुख मुद्दा बन्यो । बहुमत स्थायी कमिटी सदस्यले ओलीको राजीनामा मागे । ओली बैठकमा उपस्थित हुनै छोडे । गौतमले त्यहीबीचमा पार्टी एकताको पक्षमा भनेर अर्को ६ बुँदे प्रस्ताव ल्याए  । त्यो प्रस्तावले ओलीलाई केही सहज अवस्थामा पु¥याएयो । अन्ततः साउनको अन्तिम सातामा कार्यदल बनाएर समस्या समाधान गर्ने अवस्था आयो । कार्यदल बन्यो सुझाव दियो । ओलीले सुझावलाई स्वीकारे, कार्यन्वयन गरेनन् । 

संसदीय दलमा बहुमत पु¥याउन ओलीले आफू निकट सांसदहरुको बालुवाटारमा हस्ताक्षर अभियान चलाए । गौतमको श्रीमती तुलसा थापालाई ओलीको पक्षमा हस्ताक्षर गर्न पठाए । 

गौतमललाई सांसद बनाउनु पर्छ भन्नेमा प्रचण्ड सधैं सकारात्मक देखिए ।  उप–निर्वाचन हुने अवस्था सिर्जना गर्न ओलीसँग प्रचण्डले धेरै कोशिस गरे । ओली तयार भएनन् । विधानमा व्यवस्था नगरिएको उपाध्यक्ष पद सिर्जना गरेर गौतमलाई उपाध्यक्ष बनाउने पहल प्रचण्ड गरेको एक स्थायी कमिटी सदस्य बताउँछन् । 

०७६ फागुन साल १४ मा गौतमलाई राष्ट्रिय सभामा लिने सचिवालयले निर्णय ग¥यो । ओलीले दुई घण्टामित्रै उक्त निर्णय नमान्ने घोषणा गरे । प्रचण्डले पार्टीले गरेको निर्णय जसरी पनि कार्यन्वयन हुनुपर्ने अडानमा कायमै राखे । अन्ततः गौतम राष्ट्रिय सभाका सदस्य बने । यो प्रचण्डको अडानका कारण सम्भव भएको गौतम निकट एक केन्द्रीय सदस्य बताउँछन् । 

बिना अर्थ पार्टी एकता गर्ने भन्दै एक्लै बसेको उनी निकट केन्द्रीय सदस्य बलराम बाँस्कोटा बताउँछन् । उनले भने– ‘हामी उहाँलाई भेट्न गएका थियौं । संसद विघटन गर्नु असंवैधानिक कदम हो । यसको पक्षमा लाग्न सकिंदैन भने । तर आफू कतै नलाग्ने भन्नुभयो । हामी भने प्रचण्ड–नेपाल पक्षमा लाग्यौं । एकता गर्ने भन्दै बस्नु भएको छ ।’

ओलीले संसद विघटन गरेपछि गौतमलाई भेटन् उनी निकट नेताहरु गएका थिए । जसमा बलराम बास्कोटा, केशवलाल श्रेष्ठ, महेश रेग्मी, सावित्रा भुसाल, भैरब सिंह लगायतका नेताहरु । गौतमले आफू असंवैधानिक ‘कु’को पक्ष र विपक्षमा नलाग्ने भनेपछि उनलाई भेट्न गएका नेताहरुले– ‘आजबाट हामी तपाईंसँग रहदैनौं’ भनेर बाहिरिएका  सहभागी एक नेताले समाचार दैनिकसँग भने । 

‘पार्टी एकता गर्ने प्रयास राम्रो पक्ष हो । तर अहिले एकता गर्ने भनेर लाग्नु भएको छ त्यसकोलागि सद्भाव छ । ४५ वर्षसम्म राजनीतिक रुपमा तटस्थ बसिनँ । तटस्थ बस्नु गलत हुन्छ । महाकाली सन्धी हुँदा केही साथीहरु तटस्थ बस्दा परिणाम महाकाली सन्धि पास भयो’, बाँस्कोटाले पुरानो अनुभव सुनाउँदै भने– ‘दिनदहाडै संसद विघटन भएको छ । यस्तो अवस्थामा तटस्थ बस्नु संघीयता सक्नु, कम्युनिस्ट आन्दोलनलाई नजरअन्दाज गुर्न हो । लोकतन्त्रलाई घाटा पु¥याउनु हो । यस्तो अवस्थामा हामीहरु तटस्थ बस्न सकेनौं र बस्दैनौं । असंवैधानिक कदमका विरुद्ध लागेका हा ।’ एकता गर्नु पर्छ भन्ने कुरामा नियत नभए पनि समय सापेक्ष हुन नसकेको बाँस्कोटाले विश्लेषण गरे । 

गौतमसँग यतिखेर कृषिमन्त्री हुँदा असार १५ काण्ड मच्चाएका पूर्व मन्त्री हरि पराजुली मात्रै छन् । गौतमकै पुर्व सहकर्मीहरुले तथ्य केलाउँदै भन्ने गरेका छन्– ‘एकता बचाउने भन्ने गौतमसँग साथमा कोही छैनन् । श्रीमती तुलसा ओली पक्षको केन्द्रीय सदस्य बनेकी छन् ।  छोरा हरिश बर्दियाका जिल्ला कमिटी सदस्य छन् । निकट मानिएका केन्द्रीय सदस्य गणेश ठगुन्ना ओली पक्षमा गएर मन्त्री भएका छन् ।’

गौतम निकट बाँकी सदस्य प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । आफ्ना घरका सदस्य नै ओली पक्षमा लगाएर गौतमले चालेको ‘एकता अभियान’ अदालतको आदेश कुर्ने अवसरवादी हरकत टिप्पणी उनी निकट नेताहरुले गरेका छन् । 

श्रीमति तुलसालाई ओली पक्षको केन्द्रीय सदस्यब बनाउने, पुत्र हरिशलाई बर्दियाको जिल्ला कमिटीमा राखेर आफू एक्लै एकताको अभियान भनेर व्यवहारमा पुष्टि गर्न नसकेको आरोप नेताहरुले लगाएका छन् । ‘अदालतको आदेश जसको पक्षमा फैसला आउँछ, त्यही पक्षमा लाग्ने अवसरवादी लाइनमा वामदेब हुनुहुन्छ’, एक नेताले भने ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर