खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहले आफ्नो पालिकाभित्रका अति गरीब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर माटोको छनामुक्त बनाउन थालेका छन् ।
यहाँको तिला गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ स्थित फलबाडा गाउँलाई माटोको छानामुक्त गाउँ अभियान थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले बताए । गाउँ कार्यपालिको बैठकले सो वडाको गाउँलाई छनोट गरी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाएको प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।
उनले भने, ‘पालिकाभित्रका सबै स्थानीय बासिन्दाको घर माटोको छानाले छाएका छन् । यो वर्षको सबै बजेट एउटै वडाको एक गाउँलाई छनोट गरी विकासे योजनालाई देखिने गरी काम शुरु गरेका छौँ ।’ यो अभियान क्रमशः पालिका नौवटै वडाका गाउँमा लागू हुने तिला गाउँपालिका जनाएको छ । प्रतिघरलाई रु ५० हजारका दरले सो वडाका करीब २५० घरधुरीलाई पहिलो चरणमा माटोको छानामुक्त घर गर्न थालेको गाउँपालिकाका सामाजिक विकास अधिकृत जङ्गबहादुर बस्नेतले बताए ।
गाउँपालिका सातवटै वडाका ६५ जना आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई छनोट गरी माटोको छानामुक्त गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाइसकेकाले र त्यहाँबाट बजेट आउने बित्तिकै माटोको छनामुक्त घर निर्माण गर्न लागि पर्ने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।
धनजनको हुने क्षति बचाउनका लागि माटोको छाना हटाएर जस्तापाताको छाना प्रयोग गरिने यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । सो पालिकाले पनि दोस्रो चरणमा यहाँका सबै वडाका गाउँलाई माटोको छानामुक्त गाउँ गरिने गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए ।
यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहले पनि सञ्चालन गरेका छन् । जिल्लाको हिमा, सिञ्जा, तातोपानी, कनकासुन्दरी, गुठीचौर र चन्दननाथ नगरपालिकामा पनि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरण पुगेको ती स्थानीय तहका सामाजिक विकास शाखाले जनाएका छन् ।
पाँच श्ययाको कोभिड अस्पतालः
पातारासी गाउँपालिकाले पाँच श्ययाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ । सो अस्पताल उद्घाटन गर्दै अध्यक्ष लछिमान बोहराले अहिले पनि कोरोना कम नभएको भन्दै कठिन अवस्था आएमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन सघाउने बताए ।
सङ्घीय सरकारको रु १० लाखको बजेटमासो अस्पताल निर्माण गरिएको हो । अस्पताल सञ्चालनका लागि मेडिकल अफिसर, दुई जना स्टाफ नर्स र कार्यालय सहयोगी व्यवस्था गरेअनुसार मेडिकल अफिसरको दरखास्त नपरेको र अरू स्टाफसमेत भर्ना गरी काम पुनः सञ्चालन गरिएको पातारासी गाउँपालिकाले जनाएको छ ।
यसअघि सिञ्जा, तातोपानी, गुठिचौर गाउँपालिकामा समेत अस्थायी अस्पताल सञ्चालन गरिसकेका छन् । सङ्घीय सरकारकै लगानीमा तिला गाउँपालिकाको कुडारीमा १० श्ययाको अस्पताल निर्माणका लागि शिल्यान्यास गरिएको छ । यसैगरी सिञ्जा क्षेत्रको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल शिलान्यासको तयारी भएको गाउँपालिकाले जनाएको छ । पुस २९ गते नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावत अस्पताल शिलान्यास गर्न जुम्ला पुग्न स्वास्थ्यकर्मी नेत्र खत्रीले बताए ।
६ वडाको जिम्मेवारी एक सचिवलाईः
जुम्लाकको सिञ्जा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीलाई ६ वटा वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नुपरेको छ ।
गत पुस १५ गतेदेखि सबै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेको छ । एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नुपर्दा निकै कठिन भइरहेको वडा सचिव रोकायाले बताउनुभयो । कर्मचारी अभावका कारण वडा कार्यालयमा हुने काममा समस्या हुने गरेको सो वडाका स्थानीयवासी बताउँछन् ।
वडा कार्यालयमा केही काम गर्नु परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीयवासी रत्नवीर बुढाले बताए । वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाइँसराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडाअध्यक्ष रणबहादुर रोकायाले बताए ।
गाउँपालिकामै कर्मचारी अभाव भएकाले वडादेखि पालिकाको प्रशासनिक काममा पनि समस्या भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताए । उनले भने, ‘कर्मचारी अभावले सेवाप्रवाहमा यहाँका स्थानीयवासीलाई असर परेको छ ।’ कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भइरहेको गाउँपालिका अध्यक्ष रावलले बताए ।
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएको गैँडाको आक्रमणमा परी ज्यान गुमाएका देवचुलीका जङ्गीलाल मुखियाको परिवारलाई राहत रकम
कोरोना भाइरसबाट पीडित झापाका सञ्चारकर्मी मध्ये तीन जनाले कोरोना विमाको भुक्तानी प्राप्त गरेका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले शुक्रवार
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ जना नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन नेपाल
प्रतिकृया दिनुहोस