• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जनवर्गीय संगठनमा प्रचण्ड–नेपाल पक्षकै बहुमत, काे कता लागे ? (सूचीसहित)

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विभाजन पछि जनवर्गीय संगठन पनि विभाजन भएका छन् । पार्टी विभाजन पति जनवर्गीय संगठनका संयोजक र सहसंयोजक पनि आआफ्नो पक्षमा लागेका छन् । अहिले नेकपामा आफ्नो पक्षमा नेता कार्यकर्ता भित्र्याउन ल्याउने होडबाजी नै चलेको छ ।

आफ्नो पक्षमा नेता कार्यकर्ता भित्र्याउन केपी ओली पक्षले त जिल्ला जिल्लामा पार्टीको र जनवर्गीय संगठनका केन्द्रीय सदस्य बनाउदै हिडेका छन् । यो पक्ष पार्टीमा पनि अल्पमत परेपछि सबैलाई केन्द्रीय सदस्य वितरण गरेर आफ्नो संगठन ठुलो देखाउन लागिपरेको छ । तर पार्टी एक हुंदाको पुरानो हिसाव हेर्ने हो भने यो पक्षको जनवर्गीय संगठनमा पनि अल्पमत रहेको छ । 

अहिले दुबै पक्षकाले आआफ्नो पार्टीका भेला सम्मेलन गदै छन् । कार्यकर्ता बचाउने अभियान तिब्र रुपमा चलेको छ । निर्वाचन आयोगमा आधिकारीकताको निवेदन परेको छ । आयोगले फैसला गरेको छैन । अझ प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्धा परेको छ । सर्वोच्चोमा मुद्धा सुनवाइमा छ । यता दुबै पक्ष आफु नै आधिकारीक पार्टी भएको दाबी गरीरहेका छन् । 

तर पार्टी कसको हुने भन्नेमा निर्वाचन आयोगको निर्णय कुर्नु पर्ने हुन्छ । तर जनवर्गीय संगठन भने दुबै पक्षमा विभाजन भएका छन् । नेकपाका २२ वटा जनवर्गीय संगठनका संयोजक र सहसंयोजक कुन कसको पक्षमा छन् । 

प्रचण्ड–नेपाल पक्षमा १० संगठनका संयोजक, सहसंयोजक 
१.आदिवासी जनजाति महासंघ
संयोजक–सुरेश आलेमगर
सहसंयोजक–शेरबहादुर तामाङ
२.नेपाल बुद्धिजीवी संगठन
संयोजक–दिनेशचन्द्र देवकोटा
सहसंयोजक–कृष्ण केसी 
३.नेपाल उद्योग व्यवसायी महासंघ
संयोजक–लक्ष्मी मानन्धर
सहसंयोजक– श्याम पाठक
४.नेपाल कानून व्यवसायी संगठन
संयोजक–रुद्र नेपाल
सहसंयोजक–दिनमणी पोखरेल
५.भूमिहिन सुकुम्बासी संगठन
संयोजक–रामप्रित पासवान 
सहसंयोजक–पदम देवकोटा
६. खेलकुद महासंघ
संयोजक–पुरुषोत्तम पौडेल
सहसंयोजक–शिव कोइराला
७. पेशागत महासंघ
संयोजक–विश्वनाथ प्याकुरेल
सहसंयोसजक–दयाराम बस्याल
८.भूतपूर्व सैनिक तथा प्रहरी संगठन
संयोजक–धनबहादुर चन्द
सहसंयोजक–जीवन बुढा
९.प्रवासी नेपाली एकता मंच
संयोजक–लोकनाथ भण्डारी
सहसंयोजक–इश्वरी भण्डारी
सहसंयोसजक–दयाराम बस्याल
१०.नेपाल निमार्ण व्यवसायी संगठन
संयोजक–यक्षध्वज कार्की
सहसंयोजक–शिवप्रसाद चौलागाई

प्रचण्ड–नेपाल पक्षमा ३ संगठनका संयोजक मात्र  
११.अखिल नेपाल महिला संघ
संयोजक–अमृता थापा
१२. युवा संघ नेपाल
संयोजक–रामप्रसाद सापकोटा‘दिपशिखा’
१३.प्रेस संगठन नेपाल
संयोजक–महेश्वर दाहाल

प्रचण्ड–नेपाल पक्षमा ७ संगठनका सहसंयोजक  
१४.नेपाल मस्लिम संगठन
सहसंयोजक–अतहर हुसेन
१५.अपाङगता संगठन नेपाल
सहसंयोजक–रामप्रसाद ढुङगाना
१६.जनसांस्कृति महासंघ
सहसंयोजक–शरल सहयात्री
१७.मानवअधिकार तथा सामाजिक अभियान
सहसंयोजक–भुपेन पोखरेल
१८.ट्रेडयूनियन महासंघ
सहसंयोजक–जगत सिम्खडा
१९.अखिल किसान महासंघ
.सहसंयोजक–चित्रबहादुर श्रेष्ठ
२०.अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन
सहसंयोजक–रञ्जीत तामाङ
२१.प्रोग्रेशिभ इन्जिनियर एशोसियसन

ओली पक्षमा ६ संगठनको संयोजक
१.नेपाल मुस्लिम संगठन
संयोजक–सिराहज अहमद
२.अपाङगता संगठन नेपाल
संयोजक–इन्द्रमाया गुरुङ
३.दलित मुक्ति मोर्चा
सहसंयोजक–वोन विश्वकर्मा
४.जनसांस्कृतिक महासंघ
संयोजक–खगेन्द्र राई
५.मानवअधिकार तथा सामाजिक अभियान
संयोजक–मिनबहादुर शाही
६.टे«डयूनियन महासंघ
संयोजक–विनोद श्रेष्ठ

ओली पक्षमा ५ संगठनका सहसंयोजक
७.अखिल नेपाल महिला संघ
सहसंयोजक–सीता पौडेल
८.युवा संघ नेपाल  
सहसंयोजक–रमेश पौडेल
९.अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन
संयोजक–ऐन महर
१०.प्रेस संगठन
सहसंयोजक–गणेश वस्नेत
११.प्रोगे्रेशिभ इन्जिनियर एशोसियसन

२२ वटा जनवर्गीय संगठनमा प्रण्चड–नेपाल पक्षमा १० वटामा संयोजक सहसंयोजक दुवै छन् । ३ वटा संगठनका संयोजक मात्रै छन् । ८ वटा संगठनमा सहसंयोजक मात्रै छन् । 
ओली पक्षमा ६ वटा संगठनका संयोजक र ४ जना सहसंयोजक रहेका छन् ।

दलित मुक्ति मोर्चाका संयोजक तिलक परियार अहिले प्रदेश प्रमुख भएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर