माघ १ बाट खुल्दैछन् कोरोनाका कारण बन्द रङ्गमञ्चहरु

कोरोना भाइरसको महामारीका कारण बन्द भएका नाटकघरहरु १० महिनापछि खुल्ने भएका छन् । बारम्बारको छलफलपछि देशभरका रंगकर्मीहरुले आठवटा नाटकघर एकैपटक खोल्ने तयारी गरेका हुन् ।

केही महिनादेखि दर्शकको उपस्थिति बिना भर्चुअलमा सीमित रहेका नाटकघरहरु दर्शकलाई स्वागत गर्दै माघ १ गते देखि खुल्न लागेका हुन् । “सबै सुरक्षाका नियमहरु पालना गर्दै अधिकांश नाटकघरहरु खोल्ने सामूहिक निर्णय  गरिएको छ,” थिएटर हबद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका नाटकघरहरुका लागि काम गरिरहेको थिएटर हबको नेतृत्वमा बन्द रहेकामध्ये आठ नाटकघर एकैपटक खुल्न लागेका हुन् । काठमाडौं र मोफसलमा गरी अहिले देशभर ६० नाटकघर छन् । तर हालका लागि आठवटा नाटकघर मात्रै खुल्न लागेका हुन् । जसमा प्रत्येक दिन एउटा एउटा कार्यक्रम गरेर नाटकघर पुनः सञ्चालनमा आउनेछन ।  कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका सबै मापदण्ड अपनाएर खोल्ने भएकाले नाटक हेर्न जाँदा दर्शकले अनिवार्य मास्क लगाउनुपर्नेछ । नाटकघरमा स्यानिटाइजरको व्यवस्थाका साथै भौतिक दूरी कायम गरी नाटक मञ्चन गरिनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर