• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आजको राशिफल: माघ १ तपाईको विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
चिताएको कामले तीव्रता लिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वास्थ्यमा समस्या आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
श्रमको उचित मुल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
छोटो दुरीको लाभदायक यात्रा रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । जोश जाँगर र हिम्मत वढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रोजगारको अवसर मिलनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर